Skip to content

मन छैन थीरमा


मन छैन थीरमा के को गजल फुर्थ्यो,
नानाथरी पिरमा केको गजल फुर्थ्यो

हरियाली मौसम डाँडै काटी गए,
उराठ लाग्दो भिरमा के को गजल फुर्थ्यो

मायालु जोडी पिरतीको डुङ्गामा,
अरे म त तिरमा के को गजल फुर्थ्यो

के लेखौं दिमागले क्यै सोच्नु पर्यो नि,
तनाब जम्मै शिरमा के को गजल फुर्थ्यो

बस्छु कापी कलम लिई शब्दै भेट्टाइन,
आफू छु जंजिरमा के को गजल फुर्थ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *