वाह सरकार सबको मनमा अटाउने कुरो छ,
बेजोड परिवर्तन देशमा आउने कुरो छ
ग्याँस पेट्रोल क्यैको पनि कालो बजारी हुन्न,
घर घरमा पाइप लाइन खटाउने कुरो छ
चोरी डकैती भ्रष्टाचार अब सुनिने छैन,
हत्या हिंसा आतङ्क सब हटाउने कुरो छ
सर्टिफिकेट धितो राखी ऋण दिने भाछन्,
भन्छन् बेरोजगार छिटै घटाउने कुरो छ
चिन्ता क्यै नलिनु प्यारा बिछोडका दिन गए,
तिम्लाई लिन जहाज कतार पठाउने कुरो छ
शारदा खड्का

Thank u so much
Thank u so much