हराए खुसीका सारा लहर यहाँ,
सुनिएन कैल्यै राम्रो खबर यहाँ
मेसिनका हुदैनन् नातागोता सडकमा,
रक्ताम्य पार्यो उसलाई भर्खर यहाँ
तिम्रा खाना जाँच गरी फ्याकिन्छन् कि,
बीचराको टिप्दै खाने तरखर यहाँ
बलत्कारीलाई फाँसी नदिएसम्म,
लाग्छन् दिनहुँ ती गिद्दे नजर यहाँ
सतिसाबित्री म कसका लागि हुनु,
पतिदेव बनेपछि जालन्धर यहाँ
शारदा खड्का
रामेछाप
