फोनमा भन्दैथ्यौ,
“अब हाम्रो पालो हेर्दै गर”
नेटवर्क टुट्यो,
क्षणभरमै जहाज उड्यो,
हेरिरहेँ आँखाले देखुन्जेल,
पर क्षितिजबाट बिलायो,
कता कता मरुभूमि को देशमा ।
अघिसम्म यहीँ थियौ,
मेरै काखमा,
मलाई बोलिरहन पर्ने,
तिमी सुनिरहन्थ्यौ,
जसरी एउटा बालकले,
आमाको लोरि सुन्छ,
उकुसमुकुस भो,
चिच्याउछु,रुन्छु,
घरी तस्वीर छुन्छु,
अहँ सुन्दैनौ ।
सिरानी न्यानै छ,
हर चिजमा तिम्रै बासना आइरहेछ,
ती पैतालाका डोबहरू
आगनमा ताजै छन,
तर तिमी छैनौ,
म एक्ली भए,
थाहा छ तिमीलाई?
कति गाह्रो हुन्छ,
अनेक लाञ्छना सहन,
यी बिषालु नजरबाट बच्न,
अँझ यो सिन्दुर बचाउन,
एक्ली भएपछि ।
मनभरि प्यार हुदा हुँदै,
आँखाँ भरिरहर हुदा हुँदै,
आफै रित्तिए जस्तो लाग्छ,
जोडि परेवा देख्दा लाग्छ,
कठै मेरो जवानी,
सपना देख्दैमा बित्ने भो,
बैँस उसै खेर जाने भो,
कतिञ्जेल यसरी बस्नु,,
मिलन पर्खेर या त मृत्यु ।
शारदा खड्का, रामेछाप
