टुट्ने,फुट्ने, फेरि जोडिने दिलको तार राम्रो,
जिन्दगीले जिन्दगीलाई गर्ने उपचार राम्रो ।
गीतकार,गजलकार जुनकै तारिफ गर्छन्,
उता जुनलाई लाग्दो हो यो संसार राम्रो ।
हिसाब गरिन्छ पक्कै इतिहासमा पनि,
भन्दैछन् जनता कसको सरकार राम्रो ।
दिनभरको पसिना एक मुठी पिठो पाउदा,
भन्नुहुन्थ्यो बाले आहा जमिन्दार राम्रो ।
महङ्गा महङ्गा पार्सल नपठाउनु अब,
यादहरुको पठाउनु उपहार राम्रो ।
