कालू तिमीबिना यो घर फिक्का फिक्का,
लाग्छ काठमाडौं शहर फिक्का फिक्का
जसलाई देख्छु तिम्रै डिम्पल याद आँउछ,
कति हेरौं अन्त नजर फिक्का फिक्का
सँगै हुँदा खुसीले उफ्रिदैं नाच्थें,
अब कसलाई देखाउँ रहर फिक्का फिक्का
न भोक न निद के पो हुन ला हो मलाई,
माया छैनौ हरेक प्रहर फिक्का फिक्का
हात समाई हिडेको झल्को ताजै छ,
र त मनोहरा बगर फिक्का फिक्का

Thank u
Thank u