Skip to content

मनको माया देखाउन


मनको माया देखाउन,
मिल्ने भए छाती चिर्थेँ,
मोल गर्छ्यौ भने प्यारको,
जति परे पनि तिर्थेँ ।

तिमीलाई नै माया गर्छु,
जुनी-जुनीसम्म कुर्छु,
मेरो विश्वास गर्छयौ भने,
पिरती स्वीकार्छ्यौ भने,
ज्यानकै बाजि राखेर,
कसम तिम्रो पाउमा गिर्थेँ ।
मिल्ने भए…

चोखो प्रेम दिएको छु,
तिम्रै लागि जिएकोछु,
जुनतारा साक्षि छन्,
पागल भइसक्यो मन,
सँगसँगै जिउन पाए,
बरु आफू झोलि भिर्थेँ ।
मनको माया…

Leave a Reply

Your email address will not be published. Required fields are marked *