मनको धरोहरा आजै सजाउछु भन्छ
ऊ बिचारले नै नाम कमाउछु भन्छ
बाघको छाला ओढ्दैमा स्याल सिंह बन्छ र?
तस्कर जो छ उही चोर समाउछु भन्छ
पुर्खाहर्ले नेपाललाई नेपालै बनाए,
के ठान्छ स्विटजरल्यान्ड बनाउछु भन्छ
मर्छु बरु म मान्दिन म मान्दै मान्दिन,
तराई पहाड हिमाल अलग गराउछु भन्छ
के गर्नु गर्नु भाछु घरमा था’पाउने हुन् कि,
एउटा मान्छे मलाई मन पराउछु भन्छ
रामेछाप

damdar 6
sarai ramro lagyo
http://www.makaronline.blogspot.com
Thank u so much hazur
Thank u so much hazur