अधिकार माग्ने होइन खोस्न अघि सर नारी
नारा मात्र नघन्काई वास्तविकता छर नारी ।
विश्व हेर नारीले ’नि चन्द्रमामा पाइला टेके
नेपाली पो के कम छौं र संघर्ष गर नारी ।
महिला पुरुष बराबरी भाषण अनि कानूनमा
यी आदर्श सार्थक पार्न यथार्थमा झर नारी ।
एक्काइसौं शताब्दीमा सहनु हुन्न शोषण दमन
साहस जुटाई पुरुषभन्दा तिमी अघि पर नारी ।
गर्नैपर्छ प्रतिस्पर्धा असम्भव यहाँ केही छैन
सफलताको शिखर जँघार आजै देखि तर नारी ।
शारदा खड्का
ओख्रेनी –२, रामेछाप

शारदा बैनी धेरै धन्यवाद
शारदा बैनी धेरै धन्यवाद ।
खुसी लाग्यो निकै दिन पछि भए पनि मझेरीलाई सार्थक पारेकोमा ।
गजल राम्रो छ यसमा दुविधा खासै छैन तर अन्तिममा भने सफलताकाे शिरख जँघार भनेकाे अलिक मिलेन । सफलताकाे शिखर चढ मात्र भन्नु पर्ने कि खाेलाकाे जँघार तर मात्र भन्नु पर्ने । कि सफलताकाे शिखरकाे जँघारभनेकाे हो भने केही मिल्न सक्ला नत्र अर्थमा अस्पष्टता भयाे । सफलताकाे नदी जँघारअाजैदेखि तर नानी भन्दा केही मिल्न खाेज्छ । अथवा मैले देखेकाे केही कुरा मात्र यो हो । अरु कुनै अर्थबाट पुष्टि हुन्छ भने म के भनुँ र ।
भलाे चाहने होम सुवदेी
Sir yo gazal mero suruwati
Sir yo gazal mero suruwati gazal ho kasari prakashan vo malai nai tha xaina…….so wording cgitta bujhdo xaina anyway yeti dherai sallaha sujhab ani prerana dinuvayekoma hardik hardik aavari xu