हातको मे’न्दी हरिया चुरा तिम्रै लागि हो,
कसम जूनतारा झार्ने कुरा तिम्रै लागि हो ।
जति बचनको तीर हान्दैछौ पागल भनेर,
उसको अनसन उसका ती नारा तिम्रै लागि हो ।
पत्थर पनि कुनै दिन त पग्लन्छ सोचेर,
दुश्मनसँग लढ्दैछु प्यारा तिम्रै लागि हो ।
रगतको मोल सबैको हुन्छ किन बुझ्दैनौ ?
हेर शहिद बन्यो बिचरा तिम्रै लागि हो ।
के नपुगेर हिजो भट्टीमै बास बस्यौ?
ए हजुर यो महल, यो ‘शारा’ तिम्रै लागि हो ।
