Skip to content

ओठको लाली हराउँदो र’छ


ओठको लाली हराउँदो र’छ धोका खाएपछि,
पागल जस्तै कराउँदो र’छ धोका खाएपछि

तिमी साथै हुदा हजार चोट पनि दुख्दैनथे,
खाटा पनि चराउँदो र’छ धोका खाएपछि

जे कसम हाम्ले खायौं ऊसँग नि खादै रैछौ,
अनि होसै हराउँदो र’छ धोका खाएपछि

प्रेमको बस्तीभित्र वाही-वाही पाइबसेको मान्छे,
एकान्त मन पराउँदो र’छ धोका खाएपछि

भगवान यदि थिए भने यस्तो दिन आउँथेन,
ऊ मन्दिरदेखि डराउँदो र’छ धोका खाएपछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *