Skip to content

भगवान हराएपछि


के जानू मन्दिर भगवान हराएपछि
बिग्रेछ तक्दिर भगवान हराएपछि

अस्ति इराक हिजो काबुल मनै कुढ्यो,
सधैं पिरै पिर भगवान हराएपछि

भत्केको घर चाँडै बनाउछु भन्थे,
फर्केनन् आखिर भगवान हराएपछि

मान्छेले मान्छे मार्छन् मुटु छैन कि,
भए ती दानवीर भगवान हराएपछि

हाम्रो कसम अधुरो पार्दै उनी,
बाकसमा हाजिर भगवान हराएपछि

शारदा खड्का
रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *