घोच्नै परे सुत्दा सुत्दै ओछ्यान ले नि घोच्छ
पैसा को मुख देखे पछि मुटु ले नि सोँच्छ
पर्नै परे बिना बादल घाम पानी पर्छ
टर्नै परे सुख दुःख जसरी नि टर्छ
फुल्नै परे डाँडा काँडा लालीगुराँस फुल्छ
कस्ता कस्ता अभागी को छिन मै भाग्य खुल्छ
ईज्जत फाल्दै हिँडे गाँउ शहर कुरा चल्छ
बुद्धी लगाए गमला मा सुन्तला नि फल्छ
चढ्नै परे आँखा को नशा ले पनि चढ्छ
लाटो एक लडे बाठो तीन बल्ड्याङ्ग लड्छ
ठोक्नै परे दिन-दुःखी लाई जस्ले पनि ठोक्छ
टोक्नै परे घर मै पाल्या कुकुर ले त टोक्छ
कोपिला पात फुले पछि जवानी ले पोल्छ
बोल्नै परे लाटो ले नि ईशारा मा बोल्छ
माया को भुत चढे पछि मुटु पनि जल्छ
लोकल ठर्रा चढे पछि प्लिक्क बत्ति बल्छ
