Skip to content

बिहानी घाम सुनौलो किरण

खुर्केर मयल मन को जान्छ कसरी भँनु म
आकाश को तारा औँला मा भाँची कसरी गँनु म

झरेको पात ओईलिँदै गयो, कुन जुक्ति गँरु म
फुटेको पिँध माटो को घैला कसरी भँरु म

सृष्टि को संसार उनै को हात मा, दुई हात जोँडु म
फुलेको फुल, यो पापी हात ले कसरी तोँडु म

दुष्ट छ मति, जानेर गुणगान, कसरी गरुँ म
साँप हो डस्छ, दुध ले प्याला, कसरी भरुँ म

असल कार्य हात ले हैन बुद्धि ले गर्ने हो
चक्कु को धार को के दोष छ र, मान्छे ले मार्ने हो

बिहानी घाम सुनौलो किरण आशा को संकेत हो
हारेर आफ्नै अहम् लाई जित्नु प्राणी को जित हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *