Skip to content

सिस्टम दाँया बाँया

ताप्के राम्रो बिरगन्ज को, नारायणघाट को केटी
छड्के नजर, कालो कपाल, तरकारी लाई मेथी

पानी चिसो पँधेरी को, बयर मिठो बन को
डोको भरी माँया तिम्लाई मेरो चोखो मन को

दोहोरो भाका दोहोरी को, ओढ्ने लाई दोसल्ला
गित मिठो सुन्ने लाई हो, बैरागी लाई हल्ला

चरसि लाई चरेस कै धुन, गँजेडी लाई गाँजा
रूपमती चमेली को हाँडी दुल्हा राजा

अभागी को पुर्पुरो मा दिन रातै पहिरो
लाटी सोझी सुन्तली को लोग्ने मोरो बहिरो

कच्च कच्च कैंची चल्यो हजामे को हात मा
चौटा खान गाको तिमी आलु थियो पात मा

बनचरी लाई बन को पीर, मनचरी लाई मन को
धागो को भर कन्दनि लाई, हाम्लाई के को टंटो

झल्लर मल्लर झुमरी झुम्का, शनिबार को मेला
चुथुर पुथुर नक्कली को, साँझ को यो बेला

जाँगर चल्ने जवानी मा बुढेस्काल मा गल्ने
अक्कड बक्कड कुरौटे को जिब्रो बढी चल्ने

घाम-पानी लाई घर को छानो, जिन्दगी लाई माँया
माँया पिरेम ताक धिना धिन, सिस्टम दाँया बाँया

Leave a Reply

Your email address will not be published. Required fields are marked *