Skip to content

सबै गुम्सिएर बस्या छन्

कोई लाटा छैनन
सबै गुम्सियेर बस्या छन

को हो ब्वाँसो कसले ओढछ
भेडा को छाल था छ
मौका पाए देशे बेच्ने
को छन दलाल था छ

अंगुर अमिलो खान्न भन्ने
को हो स्याल था छ
एक्लै हुँदा चुहिने गरी
काढ्छ ऱ्याल था छ

बाटो हिड़ने तरुनि लाई
नजर को हाल था छ
लोग्ने लाई स्वास्नी को
एक एक चाल था छ

अख़बार मा समाचार को
के हो जाल था छ
छिमेकी लाई छिमेकी को
हर बबाल था छ

कोई लाटा छैनन
सबै गुम्सियेर बस्या छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *