Skip to content

चिता बनाई दिनु


हेर्दै नहेरेको जस्तो गर्दै हेरी दिनु
हल्का अलिकति यसो पर्दा सारिदिनु
मेरोभन्दा बढी चिन्ता दुनियाको लागे
प्रेमको घाँटी अँठ्याएर भुँईमा फाली दिनु

बैरी लागे नजर अलिकति झारी दिनु
नजर कै नजर लागे कालो दली दिनु
सन्देहको बादल मैलो भुवा सरि फैले
प्रेमको लाशलाई, मनको घाटमा, चिता बनाई दिनु

Leave a Reply

Your email address will not be published. Required fields are marked *