ताप अति भए पछि उम्लेर छड्किन्छ
बिना बारूद बन्दुक पनि त्यसै काँ पड्किन्छ
मुटु खस्रो जस्को, तेस्ले, सब को खेदो खन्छ
कुभलो चिताउने को कान, कौवाले खान्छ
कति माथि, कति टाढा, कहाँसम्म जान्छौ
अहंकार को झोला झुन्ड्याई, कता कता लान्छौ
राम्रो स्याहार सुसार पाए, जो सुकै हुर्किन्छ
चन्चले मन, नअडयाए, मात्तेर फुर्किन्छ
एतै बस, एतै सुत, एतै साँस फेर
एस्तै त हो सबै तिर, बिचार गरी हेर
हिँडिरह्यौ सधैँ भरी, के के कति भरयौ
भित्र भित्रै खाली थियौ, सधैँ बाहिरै हेरयौ
एताका नि मान्छे नै हुन्, उताका नि मान्छे
आफ्नै गुँड छाडी आखिर चरी कहाँ जान्छे
