Skip to content

सरकार बन्न मन लाग्यो


जिन्दगीको लामो कुरा छोटकरीमा गर्न मन लाग्यो
अलिकति इमान बेचेर बेइमान बन्न मन लाग्यो

कलमले त लेख्नु लेखियो, अब तरबार हेर्न मन लाग्यो
झुपडी मै बित्यो जीवन, अब दरबार हेर्न मन लाग्यो

जात धर्म संस्कृतिको ठेकेदार बन्न मन लाग्यो
अलिकति माटो बेचेर, गद्दार बन्न मन लाग्यो

हिंसा अन्याय अत्याचार, हाहाकार गर्न मन लाग्यो
जनताको घाँटी रेट्ने, सरकार बन्न मन लाग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *