Skip to content

टिप टिप बृष्टि

टिप टिप बृष्टि, टिपन टापन शब्द
शिरी शिरी बताश, मृदु मृदु सुबास
चिर्र-बिर्र चरी, संध्या को बेला
सम्झना मै बस्यो, लुकामारी खेल्या

पहिले को पुग्ने, भन्दै हामी कुद्थ्यौ
त्यो भुताहा घर छेउ, अम्बा चोर्न जाँदा
बुद्धि धेरै नहुँदा, सानो हामी हुँदा
मज्जा कति आँउथ्यो, त्यो “touch me not” छुँदा

रिमझिम रिमझिम बर्षा
छ्याप्प छिप्प हिलो
पुरयाईदिन्छ कस्ले
भयो स्कुल जान ढिलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *