बिझ्ने गरि दुई चार शब्द प्याच्चै सुनाइ दिएँ
बचन को थप्पड़ बनाई मन मा लगाई दिएँ
नराम्रो त लागेन है? भनि अन्ठ्याँई दिँदा
गह भरि आँशु टिलपिल टिलपिल बनाई दिएँ
बुझ्नु पर्ने उस्ले जिन्दगी मा धेरै थियो
वाताबरण उसको लागी सहज बनाई दिएँ
भुलाएर आफै लाई याद बाट उसको
जिन्दगी भर नबिर्सिने पाठ सिकाई दिएँ
