Skip to content

खै के खै के जस्तो लाग्यो

खै के खै के जस्तो लाग्यो

गाँउ भन्दा शहर बाक्लो
शहर झनै रित्तो लाग्यो
ठूला-ठालू बस्ने ठाँउ को
बोली-बचन तितो लाग्यो

चिल्ला भवन फुस्रा मान्छे
ब्यवहार मै दुर्गन्ध आयो
शहर भन्दा आफ्नै गाँउ को
माटो मा सुगन्ध लाग्यो

सरल जीवन उच्च बिचार
देखावटी ब्यर्थ लाग्यो
सबै महान् पुस्तक को
उही त हो नि अर्थ लाग्यो

सुन चाँदी हिरा मोति
जीवन हैन जस्तो लाग्यो
सबै कुरा हुँदा हूँदै
के छैन छैन जस्तो लाग्यो

बाऊ बाजे का उखाँन टुक्का
सुन्न लाई चिटिक्क लाग्यो
कुरा जति बुझे पनि
मुख ले मात्रै ठिक्क लाग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *