Skip to content

उसको आफ्नै काइदा छ, मेरो आफ्नै काइदा छ

उ नदी सरी पछाडी कहिल्यै मुडिन
म समुन्द्र झैं अगाडि कहिल्यै बढिन

शुरुवात किन मैले नै गरुँ जहिले
उसको आफ्नै काईदा छ, मेरो आफ्नै काईदा छ
थाहा छ सम्बन्ध खुकुलिँदै छ अहिले
न उस्लाई फाईदा छ, न मलाई फाईदा छ

मेरो आफ्नै स्वाभिमान, म कहिल्यै झुकिन
उस्को आफ्नै अभिमान, बुझाँउदा बुझिन

उठाएर हात मैले नै किन मिलाँउ पहिले
उसको आफ्नै काईदा छ, मेरो आफ्नै काईदा छ
रिसाएर रात झन छिप्पिदै छ अहिले
न उसलाई फाईदा छ, न मलाई फाईदा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *