Skip to content

झाँक्री ले बचाउँछ

छुर्पी राम्रो चौरीगाई को, शेर्पिनी को तोङ्गबा
रातो स्याउ हेलम्बु को, काईदा यार्सागुम्बा

जाडो महिना घाम ताप, भोगटे लाई साँध
उत्ताउली र भुस्तीघ्रे लाई पाता कसि बाँध

कोक्याउँछ कर्कलो ले, पानी मा भिजाउनु
ठस्की बस्ने च्याँखुरी लाई के गरी रिझाउनु

गोलभेंडा झैं गुडुल्किने भै गो जिन्दगानी
नुन मरीच धनिँया र हरियो खुर्सानी

फुल को रस माहुरी लाई, कनडेडो लाई फर्सी
अल्छी को काम कुर्ने हो घाम, आज भोली पर्सि

ठिटी लाई ठिटो चाहिने, घोप्टे लाई नेप्टि
ढकनी लाई ढ्क्की टिकी, मोहि लाई ठेकी

घिच्नु घिची तीन हाँडी ले, मुला ले पचाउँछ
ज्वरो आए तैं जाँठी लाई, झाँक्री ले बचाउँछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *