Skip to content

पानी को रूप रङ्ग हुँदैन

गम्भीर मुद्रा मा बस्दै मा
कोही बुद्धिमानी हुँदैन
चचँले छ भन्दै मा
खुट्टै मा गिदी हुँदैन

आत्मा लाई छुने आत्मा हो
देखावटी ले छुदैँन
मुख ले त खाली बोल्ने हो
बोल्दै मा केही जाँदैन

मन मा चसक्क नबिझी
कोही भित्रै देखि रुँदैन
आँखा को आँशु त पानी न हो
पानी को रूप रङ्ग हुँदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *