समेटेर राखुँ हर मोड को खुशी हजार
हरेक फुल को आफ्नै कथा, थुङ्गा थुङ्गा बजार
छन्द छन्द कबिता मा, मन त ऐंसेँलु मा
माथी माथी उड्ने पंक्षि, सधैँ बादलु मा
रातो रुमाल मखमल को, साडी जापानै को
रातो रिबन, रातै चुरा, रंग बैगुनी को
असार पंध्र दहि च्युरा, साउन पंध्र खिर
माछा मिठो मलेखु को, आउ है तिरै तिर
काँठे पारा कँठिनी को, च्वाट्ट मिठो क्वाँटी
क्वाँटी भित्र झोलै झोल, साउनि कस्ती बाठी
मगन्ते को सधैँ भरी दाँत ङिच्च ङिच्च
जातै घुमुवा कुसुन्डो को, नाङ्गो भताभुङ्ग
खुर्पा हाल्ने खुर्पेटो, डोरी नाईलन को
बोली मिठो तरुनी को, मुटु आइरन को
डाँफे मुनाल डाँडा काँडा गुराँस ढकमक्क
हाँस्दा खेरी काली पनि चन्द्र झैँ धपक्क
पेडाँ मिठो त्यै बुढा को, ढाका टोपी राम्रो
रङ्ग कालो तितौरा को, उस्तै निर्मोही को
सपना को अनेक रंग, आफ्नै आफ्नै स्वभाव
काट्यो जता कुलो उतै बगि जाने बहाव
