“अचेल प्रयाग राम्रोसाग कुरा पनि गर्दैन । स-साना कुरामा रिसाउने र र्झकने गर्छ । अचेल उसलाई के भएको छ ?” आमाले प्रशंसालाई सोध्नुभयो ।
“खै ? मलाई यसबारेमा त्यति धेरै थाहा छैन । अचेल ऊ स्कुलमा पनि पढाइमा त्यति ध्यान दिादैन रे । उसका साथीहरू यसै भन्छन् ।” प्रशंसाले भाइ प्रयागको बारेमा आफूलाई थाहा भए जति कुरा आमालाई भनिन् ।
“के कारणले प्रयागको मन पढाइमा घटेको रहेछ ? तिमी राम्रोसित बुझ त प्रशंसा !” आमाले प्रशंसाको कुरा सुनिसकेपछि भन्नुभयो ।
“हवस् । म भोलिदेखि नै प्रयागको बारेमा जानकारी लिन्छु । अनि हजुरलाई भन्छु ।” प्रशंसाको कुरा सुनेर आमा खुसी हुनुभयो ।
प्रयाग पााच कक्षामा पढ्थ्यो । ऊ पढाइमा आˆनो कक्षामा सबैभन्दा जान्ने थियो । आज्ञाकारी भएकाले उसलाई सबै सर र मिसहरूले पनि खुबै माया गर्नुहुन्थ्यो । स्कुलको नृत्य, पेन्टिङ र नाटक प्रतियोगितामा पनि सधैा प्रयाग नै प्रथम हुने गर्दथ्यो । नहोस् पनि किन ? ऊ पढाइसागै अतिरिक्त क्रियाकलापमा पनि त खुबै रुचि दिन्थ्यो । त्यसैले स्कुलमा उसलाई सबैजना साथी बनाउन चाहन्थे । उसको प्रतिभा देखेर स्कुलले उसलाई छात्रवृत्ति समेत दिएको थियो ।
स्याबास प्रयाग ! यसरी नै प्रगति गर्दै जानू । एकदिन तिमी यो देशको ठूलो मान्छे बन्नेछौ- विभिन्न प्रतियोगिताका प्रमुख अतिथिहरूले प्रयागलाई धेरै पटक यस्ता आशीर्वचन दिएका थिए ।
यति धेरै प्रतिभाशाली प्रयाग अचेल अचानक फेरिएको थियो । ऊ फेरिएको देखेर उसका परिवार चिन्तित थिए । चिन्तित हुनु पनि स्वाभाविक नै थियो । प्रयागको पढाइ बिगि्रने डरले आमाले अलि बढी नै चिन्ता र चासो लिन थाल्नुभएको थियो । आमाले प्रशंसालाई प्रयागको बारेमा सोध्नुभएपछि प्रशंसाले पनि भाइको बारेमा सोधीखोजी गर्न थालिन् ।
प्रयागको कक्षामा एकजना नयाा विद्यार्थी भर्ना भएकी थिइन् । उनको नाम विनिता थियो । विनिताको निकै कम बोल्ने बानी थियो । सुरुमा स्कुलमा विनिताका निकै कम साथीहरू थिए । उनी सहयोगी थिइन् । कसैको बारेमा नचाहिादो कुरा गर्दिनथिइन् । उनी पढाइमा निकै तेज थिइन् । फुर्सदको समयमा उनी पुस्तकालयमा गएर बस्न मन पराउाथिन् ।
“यो विनिता त कति धेरै किताबको किरो भएकी ?” रियाले भनिन् ।
“हो त नि । कति धेरै पढन्ते हुनु परेको ?” भूमिकाले भनिन् ।
“तर हेर साथी हो ! यस्तै ताल हो भने यो विनिता यसपालि हाम्रो कक्षामा प्रथम हुन बेर छैन ।” नुतनले भनिन् ।
“प्रयागभन्दा त विनिता नै जान्ने छ भनेर अस्ति विप्लव सर र सरिता मिसले कुरा गर्दै हुनुहुन्थ्यो ।” राहुलले थप्यो ।
उनीहरूबीच भएको कुरा प्रयागले लुकेर सुनिरहेको थियो । उसलाई निकै औडाहा भयो । उसको मन भारी भयो । उसलाई साथीहरूले विनिताको प्रशंसा गरेको देखेर रिस पनि उठ्यो । ऊ फटाफट आˆनो कक्षाकोठातिर लाग्यो ।
स्कुलमा दिनदिनै नयाा विद्यार्थी विनिताको चर्चा बढिरहेको थियो । सर र मिसहरूले पनि विनितालाई माया गर्नुहुन्थ्यो । विनिता कक्षामा नयाा-नयाा प्रश्न सोधेर सबैलाई छक्क पारिदिन्थिन् । सर र मिसहरूले सोध्नुभएका जस्तासुकै प्रश्नहरूको पनि मिलाएर उत्तर दिन सक्थिन् विनिता । उनको यही खुबीले गर्दा छोटो समयमा नै उनी सबैको नजरमा जेहेन्दार विद्यार्थीको छवि बनाउन सफल भइन् ।
विनिता आएदेखि स्कुलमा प्रयागको चर्चा घटेको थियो । ऊ कसरी विनितालाई आफूभन्दा नराम्रो देखाउन सकिन्छ भनेर सोचिरहन्थ्यो । उसले धेरैजनासाग विनिताको कुरा काट्यो । बिनसित्ति विनितासाग निहुा खोजेर झगडा पनि गर्यो ।
“प्रयाग ! तिमी अरूको कुरा सुनेर जहिले पनि मसाग झगडा गर्छौ । मसाग राम्रोसित बोल्दैनौ पनि । किन ?” विनिताले एकपटक प्रयागलाई सोधिन् । उनी रिसाइनन् । बरू उल्टै प्रयागलाई सम्झाइन् तर प्रयागलाई विनिताको कुराले छोएन । उसलाई विनितासाग झनै रिस उठ्यो ।
यसरी प्रयागले पढाइभन्दा विनिताको आरिस गर्नमा बढी समय खर्चिन थाल्यो । उसको पढाइ खस्किादै जान थाल्यो । वाषिर्क परीक्षा नजिक आउादा समेत प्रयागले ध्यान दिएर पढेन । त्यसैले रिजल्ट आउादा ऊ दोस्रो भयो । विनिता प्रथम भइन् । यो कुराले गर्दा प्रयाग झनै झगडालु भएको थियो । ऊ स्कुलको रिस घरमा पोख्थ्यो ।
“प्रयाग के भयो तिमीलाई ?” आमाले फेरि सोध्नुभयो । प्रयागले कुनै उत्तर दिएन ।
“विनिता भन्ने उसकै क्लासको नयाा विद्यार्थीको कारणले प्रयाग फेरिएको हो ।” प्रयागकी दिदी प्रशंसाले भनिन् ।
“प्रयाग ! तिमीले कसैको पनि नचाहिादो आरिस गर्नु हुादैन । तिम्रो साथी विनिता प्रथम हुनुमा तिम्रै गल्ती छ बाबु ।” आमाले प्रयागलाई सम्झाउादै भन्नुभयो ।
“कसरी ? मैले के गल्ती गरेको छु र ? आमा र दिदी पनि कुरै नबुझी मलाई नै दोष लगाउनुहुन्छ ।” प्रयागले रिसाउादै भन्यो । आमाले समेत विनिताको पक्ष लिनुभएको देखेर प्रयाग झन्नै रोयो ।
“हेर प्रयाग ! तिमी कक्षामा जहिले पनि प्रथम हुन्थ्यौ । किनभने तिमी पढाइमा राम्रोसाग ध्यान दिन्थ्यौ तर यो वर्ष तिमीले अरूको कुरा काट्न र रिस पोख्नमा नै बढी समय खर्चियौ । त्यसले तिम्रो मन पढाइबाट टाढा लग्यो । तिमीले समयलाई सही तरिकाले सदुपयोग गर्न जानेनौ । त्यसैले तिमी विनिताभन्दा पछि पर्यौ ।” आमाको कुरा प्रयागले सुनि मात्रै रहृयो । किनकिन उसलाई यस पटक रिस पनि उठेन ।
आमाले कुरा थप्नुभयो- “तिमीले फेरि मिहिनेत गर्यौ भने अर्को वर्ष पक्कै पनि प्रथम हुनेछौ । बरू तिमीलाई कुन-कुन विषय गाह्रो लागेको छ, मलाई भन । म बुबालाई भनेर ट्युशन राख्न लगाइदिउाला । तिमी जस्तो प्रतिभाशाली विद्यार्थीले एकैपटकमा हरेस खानु हुादैन प्रयाग ।” आमाको कुराले एकाएक प्रयागको आाखा खुल्यो । उसलाई आमाको कुरा एकदम सही लाग्यो ।
उसले मनमनै सोच्यो- ‘हो नि सााच्चै । गल्ती त मेरै हो नि । मैले नै अमूल्य समय खेर फाल्ने गरेको रहेछु । त्यसैले मलाई पढाइमा घाटा लाग्यो ।’
“के सोचेको प्रयाग ?” प्रशंसाले सोधिन् ।
“अब म फेरि मन लगाएर पढ्छु । म अब नचाहिादो कुरामा मन पनि डुलाउादिन आमा ।” प्रयागले अठोट गर्दै भन्यो । आमा र प्रशंसा पनि खुसी भए ।
“हृयाप्पी बर्थ डे टु यु प्रयाग !” एक्कासि ढोकामा विनिता देखा परिन् । उनको हातमा आकर्षक गिफ्ट थियो । उनी ढोकामा उभिएर मुस्कुराइरहेकी थिइन् । प्रयाग यो सबै देखेर छक्क पर्यो ।
“मलाई तिम्रो बर्थ डे विस गर्न दिादैनौ ? मलाई प्रशंसा दिदीले नै तिम्रो बर्थ डेको बारेमा भन्नुभएको हो । “हृयाप्पी हृयाप्पी बर्थ डे प्रयाग ! मेनी मेनी हृयाप्पी रिटन्र्स अफ द डे !” विनिताले प्रयागलाई जन्मदिनको शुभकामना दिादै उपहार दिइन् । उसलाई यसपटक विनितालाई देखेर रिस उठेन । बरु आफूले पहिला गरेको झगडा सम्झेर लाज लाग्यो ।
ऊ विनिताको नजिक गयो र भन्यो- “थ्याङ्क यु सो मच विनिता ! मलाई माफ गरिदेऊ ल ! सरी । तिमीलाई मैले नराम्रो सोचेा ।”
“तिमीले सरी भन्नु पर्दैन प्रयाग । बरु तिम्रो रोल नम्बर मैले खोसेा । तिम्रो ठाउामा म भएको भए सायद म पनि त्यसै गर्थें होला ।” विनिताले भनिन् ।
विनिताको कुराले प्रयाग झनै प्रभावित भयो । उसले मनमनै सोच्यो- “ओहो ! मैले विनितालाई गलत सोचेको रहेछु । कति असल रहिछिन् विनिता ।”
“म भोलि बाबाआमासाग नयाा सहर जाादै छु । बाबाको फेरि नयाा सहरमा अफिस सरुवा भयो । म उहााहरूसागै आज नयाा सहर जाादैछु । त्यहाा नयाा स्कुलमा भर्ना हुनुपर्छ ।
प्रयाग ! बरु मैले तिम्रो चित्त दुखाएको भए मलाई माफ गरिदेऊ है ! म तिमी र प्रशंसा दिदीसाग बिदा माग्न आएको । आजै हामी यो सहर छाड्दैछौा ।” विनिताले भनिन् ।
उनको कुरा सुनेर प्रयागले केही भन्नै सकेन । सबैको आाखामा आासु रसाइसकेको थियो । विनिता हात हल्लाउादै बिदा भइन् । प्रयागले विनिता ओझेल नपरुञ्जेल हेरिरहृयो । एक जना असल साथीसाग छुट्टनिु पर्दा प्रयागलाई दुःख लागिरहेको थियो । विनिताको पाइला छिटोछिटो अघि बढिरहेको थियो ।
प्रयागले सुन्ने गरी ठूलो स्वरमा भन्यो- “बाई बाई विनिता !” विनिता फर्केर हाासिन् । प्रयाग पनि मुस्कुरायो । आमा र दिदीले पनि हात हल्लाउादै विनितालाई बिदा गर्नुभयो ।
