Skip to content


पर्दा खुलेपछि रङ्मञ्चको मध्यखण्डमा एउटा ठूलो पिँजडा देखिन्छ । मञ्चको दायाँभागमा ठूलो सेतो स्त्रिmन देखिन्छ । जहाँ ब्रम्हान्डका विभिन्न दृश्यचित्रहरू चलिरहेको हुन्छ । बाँयाखण्डमा टुटेफुटेका शालिक, कङ्काल र प्रयोशालामा सामग्रीहरू छरिएका देखिन्छन् । अनौठो आवान सहितम मञ्चमा रङ्गिन धुँवा मडारिन थाल्छ । मञ्चको स्त्रिmनमा एउटा यान उड्दै गरेको दृश्य देखिन्छ । भयानक आवाजसहित त्यो यान नजिक देखिन्छ । एक्कासी अलोक हराउँछ । आलोक देखिँदा मञ्चमा अघिको पर्दामा देखिएको विचित्रको यान देखिन्छ । यानबाट एउटा रोबोट -यन्त्र मानव) निस्कन्छ । रोबोटले एकजना मान्छेलाई घिसार्दै बाहिर निकाल्छ र मध्यभागको पिँजडामा लगेर थुन्छ र अगाडि आउँछ) ।

रोबोटः सूचना सूचना यो शताब्दीको अन्तिम मान्छे फेला परेको सूचना । अन्तिम मान्छेको लिलामी खुला गरिएको छ । सङ्ग्रहालयमा राख्न मिल्ने, पिँजडमा थुनेर घरको सान बढाउन सकिने वा आफूखुशी प्रयोग गर्न सकिने अन्तिम मान्छेको बिक्री खुल्ला गरिएको छ ।

-विस्तारै रङ्गमञ्चमा लडिरहेका आकृतिहरू चलमलाउन थाल्छन् । रोबोट विभिन्न हाऊभाऊ गर्दै उनीहरूलाई आफूतिर आकषिर्त गर्न खोज्छ । आकृतिहरू उठेर पिँजडाकोे मान्छेलाई अनौठो मान्दै हेर्न थाल्छन् ।

आकृति १ ः ओहो मान्छे भन्ने जीव यही हो त ?

आकृति २ ः संसारको सबैभन्दा बुद्धिमान प्राणी यही हो त ?

आकृति ३ ः एक सयमा सारा संसार हल्लाउने यही हो त ?

आकृति ४ ः यसको त सिङ छैन । डरलाग्दो दाह्रा पनि छैन । यो कसरी मान्छे हुन सक्छ ?

रोबोट ः यो मान्छे नै हो । मैले धेरै समय लगाएर यसलाई पृथ्वीको एउटा गुफामा फेला पारेको हुँ ।

आकृति १ ः यसको मूल्य कति हो नि ?

रोबोट ः कति दिन सक्नुहुन्छ ? तपाइर्ंनै भन्नुस् ।

आकृति २ ः म पहिला यसको बारेमा थप कुरा जान्न चाहन्छु । -मान्छेको नजिक जाँदै) ए Û मान्छे भन्ने प्राणी तँ नै होस् ?

मान्छे ः हो हजुर ।

आकृति ३ ः ल भन । तेरो खास खास विशेषताहरू के के छन् ?

मान्छे ः म जोकोहीलाई पनि आˆनो कुराले आकषिर्त गर्नसक्छु । जे काम पनि गर्न सक्छु । सत्ता चलाउन संसार हल्लान सक्छु । जो कोहीको विश्वास जित्न सक्छु । आˆनो स्वार्थको लागि म जे पनि गर्न सक्छु । म ……

आकृति १ ः यस्तो बन्दी अवस्थामा पनि यस्तो कुरा गर्ने तँ काइदाको मान्छे रहेछस् । एउटा कुरा भन त मान्छे Û तिमीहरू त एक समयमा पृथ्वीका सबैभन्दा शक्तिशाली प्राणाी थियौ । तिमीहरूको अस्तित्व कसरी समाप्त भयो ?

मान्छे ः खास कुरा हामी आपसमा लडेर सिद्धिएका हौँ हजुर । मान्छेको सबैभन्दा ठूलो शत्रु मान्छे नै भए पछि सर्वनाश भयो ।

आकृति १ ः अनि तँ कसरी बाँचिस् त ?

मान्छे ः म एउटा आविस्कारको लागि वर्षौंदेखि एउटा गुफाभित्र थिएँ । बाहिरी संसारदेखि म मतलब राख्दिनथेँ । म आˆनै प्रयोगशालामा रहेकोले मान्छेको अन्तिम अवशेषका रूपमा समातिन पुगेँ ।

रोबोट ः -जङ्गिदै क्या हो ? यसरी सवाल जवाफ मात्र गर्ने कि ? यसलाई किन्ने पनि हो ?

आकृति १ ः किन्नु अघि यसको कुरा त थाहा पाउनु पर्‍यो नि । मान्छे भनेर लग्दा कुनै अर्के जीव पर्‍यो भने के गर्ने ?

आकृति ३ ः हो । हो अस्ती मलाई एउटाले हिटरलको ममि -लाश) भनेर झुक्याएर बेच्यो ।

मान्छे ः हो हजुर । आफूले किन्ने सामान त राम्ररी जाँचेर मात्र लाग्नुपर्छ ।

रोबोट ः धेरै जान्ने न हो तँ ।

आकृति ५ ः यो मान्छेले त राम्रो कुरा पनि गर्दो रहेछ । ल मैले यसलाई एक लाख रुपियाँ दिने भएँ ।

रोबोट ः -मुख बिगार्दै) एक लाख Û एक लाखमा त यसलाई छुन पनि पाईंदैन ।

आकृति १ ः हैन यसलाई किनेर मात्र त भएन नि । पाल्नु पनि त पर्‍यो । खान, लाउनसहित बाँचुञ्जेलको यसको खर्च हिसाब गर्दा त लाखौँ हुन जान्छ ।

मान्छे ः तैपनि यो त साह्रै कम मूल्य भयो नि हजुर ।

रोबोट ः लाने नै भए ल एक करोडमा दिन्छु ।

आकृति ७ ः एक करोडमा Û यो मान्छेलाई बेकारमा किन लानु ?

रोबोट ः के रे ? यस्तो दुर्लभ चीजलाई बेकार भन्ने ? जानोस् तपाईं ?

मान्छे ः तपाईंहरू यसरी आपसमा झगडा मात्र गर्ने कि कुराको छिनोफानो पनि गर्ने ?

आकृति ५ ः ल त्यसो भए तँ नै भनि दे न त के गर्ने अब ?

मान्छे ः हेर्नोस् । पहिला तपाईंहरू मेरो सबै विशेषताहरू थाहा पाउनुस् । मैले गर्न सक्ने/नसक्ने सबै कुरा जाँच्नुहोस् । त्यसपछि बल्ल मोलतोल गर्नुहोला ।

आकृति ३ ः तैले ठिक भनिस् । ल यसको लागि के गर्नु पर्ला ?

मान्छे ः मलाई पहिला यो पिँजडाबाट बाहिर निकाल्नु होस् । अनि तपाईंहरू यहाँ आरामले बस्नुहोस् । त्यसपछि मैले गर्न सक्ने एक/एक चमत्कार देखाउँछु ।

आकृति १ ः यसले ठिक भन्यो । यो मरन्च्यासेलाई बाहिर निकालेर हेरौँ न त ?

रोबोट ः हुँदैन । हुँदैन । यो भाग्यो भने के गर्ने ?

मान्छे ः तपाईंहरूलाई मेरो विश्वास लाग्दै भने ठिकै छ ।

-सबै मुखामुख गर्छन् । मान्छे उपरखुट्ट िलगाएर बस्छ ।)

रोबोट ः ल हुन्छ । हुन्छ । तँलाई बाहिर निकाली हेरौँ न त ?

मान्छे ः तर बाहिर निस्कुनभन्दा अगाडि मेरो एउटा सर्त छ ।

सबै ः सर्त ? कस्तो सर्त ?

मान्छे ः मेरो चर्तिकला हेरिसकेपछि मलाई किन्दिन वा लाँदिन चाहिँ भन्न पाउँदैनौँ नि ?

रोबोट ः हो । तैँले ठिक भनिस् । फोकटमा किन चर्तिकला देखाउने ?

आकृति १ ः हाम्रो विश्वास लाग्दैन भने हामी पिँजडाभित्र बसेर तेरो चर्तिकला हेर्न तयार छौँ ।

मान्छे ः त्यसो भए त ठिक छ ।

-रोबोटले मान्छेलाई पिँजडाबाट बाहिर निकाल्छ । सबै आकृतिहरू एक/एक गरी पिँजडाभित्र पस्छन् । त्यसैबेला मान्छेले रोबोटलाई पनि ँपिजडाभित्र धकेल्छ र थुनिदिन्छ ) ।

रोबोट ः हैन तैले यो के गरेको ?

मान्छे ः यो मेरो पहिलो चमत्कार हो । अब मेरो होइन तिमीहरूको लिलाम गर्छु म ।

सबै ः यो सरासर धोका हो ।

-मान्छेले रोबोटले ल्याएको अनौठो गाडिको ढोका खोल्छ । त्यहाँबाट एउटा हतियार झिक्छ ) ।

रोबोट ः तैँले हामीलाई यसरी बन्दी बनाउन सक्दैनस् ।

मान्छे ः अब धेरै हल्ला गर्ने होइन । अब मैले भने जस्तो गर्ने तिमीहरूले ? नत्र तिमीहरूको मिति पुर्‍याइदिन्छु ।

सबै ः ह्वस हजुर ।

मान्छे ः ल भन् ! मान्छेवाद ! जिन्दाबाद !

सबै ः जिन्दाबाद ! जिन्दाबाद !

मान्छे ः अन्तिम नायक ! जिन्दाबाद !

सबै ः जिन्दाबाद ! जिन्दाबाद !

-नेपथ्यमा ठूलो अनौठो आवाजहरू सुनिन थाल्छ । मान्छेले हतियारले एक एक गरी सबैको विनाश गर्छ । कोलाहल मच्चिन्छ । एक छिन पछि जताततै धुँवामात्र देखिन्छ । मान्छे विस्तारै गाडि भए तिर अगाडि बढ्छ । यतिबेलै पर्दा छिटो छिटो खस्न थाल्छ ) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *