रङ्गमञ्चको मध्यभागमा एउटा विशाल क्यानभास देखिन्छ । क्यानभासमा पुस्तकको अर्धअमूर्त चित्र देखिन्छ । मञ्चको दायाँखण्डको अघिल्तिर कुर्सी , टेबल, कपी, किताब, कलम, टेबल ल्याम्प, डस्टविन, पानी भरिएको जग अदि सामग्रीहरू राखिएका छन् । अर्को कुनामा पुरानो दराज, सोफासेट, कम्प्युटरका साथै भित्तामा क्यालेन्डर, केही सम्मानपत्रहरू झुन्ड्याइएका छन् ।
* मञ्चमा यतिञ्जेल मधुरो प्रकाश छरिएको हुन्छ । कुर्सीमा एकजना लेखक निरन्तर केही लेखिरहेका हुन्छ । नेपथ्यमा एकोहोरो बाँसुरीको धून ? रोदन) सुनिन्छ ।
* मञ्चका विभिन्न भागमा लेखकका सिर्जनाका प्रतिकका रूपमा विभिन्न पात्रहरू ( मानव आकृतिहरू) अस्तव्यस्त रूपमा कालो, सेतो, रातो, पहेंलो कपडाले छोपिएका अवस्थामा छन् ।
* प्रकाश लेखकमा केन्द्रित हुन्छ । लेखक चश्मा फुकाल्छ र त्यसलाई पुछेर फेरी लगाउँदै लेख्न थाल्छ । उसलाई आफूले लेखेको कुरा चित्त बुझ्दैन र लेखेजति मुठि्ठमा कच्याककुचुक पारेर ‘डस्टविन’मा फाल्छ ।
* लेखक उठ्छ चश्मा फुकालेर एकपटक क्यानभासलाई हेर्छ र चश्मा लगाउँदै क्यानभासलाई नजिक गई नियाल्छ । लेखकको अनुहारमा अन्योलताको भाव स्पष्ट देखिन्छ । यसपछि ऊ क्यानभासबाट टाढिदै वरिपरि छरिएका आफ्ना सिर्जनाका पात्रहरूलाई, पुस्तकहरूलाई र आफूलाई समेत हेर्छ । हतास मनस्थितीमा लेखक मञ्चको अग्रभागमा आउँछ । हतारिदै कुर्सीमा बसेर केही लेख्न थाल्छ र लेखिसकेपछि त्यो पढ्छ । चित्त नबुझेर च्यात्छ ।

लेखक : आज मैले किन मेरो उपन्यासको अन्तिम पृष्ठ टुङ्ग्याउन सकिरहेको छैन ? के भयो मलाई ? यस्तो विचलन त यसअघि मभित्र कहिल्यै पनि देखिएको थिएन । किन पात्रहरूलाई मैले चाहे जसरी अन्त्य गर्न सकिरहेको छैन ? यस बारेमा मैले गम्भीरतापूर्वक सोच्नै पर्छ र जसरी भए पनि यसलाई आजै निकास दिनै पर्छ ।

* लेखक जगको पानी पिउँछ । केही राहतको अनुभूति गर्छ अनि शान्त भई ध्यानमग्न मुद्रामा सोच्न थाल्छ । सोच्दासोच्दै लेखक कुर्सीमा नै निदाउँछ ।
* नेपथ्यमा एकोहोरो आलाप सुनिन्छ ।
* आलापसँगै मञ्चको दाँया- वाँया खण्डमा रहेका पात्रहरू मध्ये कालो र रातो रङका कपडाले छोपिएका पात्रहरू चलमलाउन थाल्छन् । उनीहरू छोपिएका कपडा निकाल्छन् र दुवै हातमा कपडा फैलाउँदै तन्द्रामा रहेका लेखकलाई त्यही कपडाले छोप्नका लागि विभिन्न हाउभाऊ गर्दै अगाडि बढ्न थाल्छन् । लेखक आफ्नै सुरमा उँघिरहेका हुन्छन् ।
* पात्रहरूले लेखकलाई कपडाले पालैपालो छोप्न खोज्दै आफूतिर तान्न खोज्छन् । लेखक तानिदैन । उनीहरूले पुनः कोशिश गर्छन् तर सफल हुँ दैनन् । लेखकलाई अप्ठ्यारो महसुस भएपछि तन्द्राबाट व्युझिन्छ । यसपछि भने पात्रहरू दु्रत गतिमा पछाडि हट्छन् र क्यानभासको पछाडि गई अदृश्य हुन्छन् ।

लेखक : (जुरूक्क उठेर चारैतिर खोज्दै) खै ! कहाँ गयो त्यो ? त्यो पात्र यतै कतै हेर्नुपर्छ । ( खोज्दै) कता गयो त्यो ? ( पात्रलाई सुनाउँदै) ए ! पात्र सुन्दैछस् तँ मेरो कुरा ? तँ मेरो नयाँ सिर्जनाको प्रमुख पात्र होस् । तँ यसरी एक्कासी मेरो मानसपटलबाट निस्किएर मलाई नै सताउन पाउँदैनस् । मेरो साधनाको क्रममा यसरी अनावश्यक रूपमा बारम्बार तैंले हस्तक्षेप गर्न पाउँदैनस् । (अर्को दिशामा जाँदै अझै ठूलो स्वरले पात्रलाई सुनाउँदै) ए पात्र सुन् ! लेखकसँग पात्रले कदापी जोरी खोज्न मिल्दैन । मेरो काममा हस्तक्षेप गर्ने वा बाधा पुर्याउने दुस्प्रयास नगर । नत्र म मेरो कृतिमा तेरो कठोर मृत्यु गराउनेछु । सुन्दैछस् मेरो कुरा !

लेखक विक्षिप्त झै देखिन्छन् । उनको कुरा सुनेर लेखक पत्नी भावना हतारिदै कोठामा प्रवेश गर्छिन् ।

भावना : (लोग्नेलाई देखेर) हैन ! के भयो ? किन यसरी ठूलो ? ठूलो स्वरले चिच्याएको ? (चारैतिर हेर्दै ) कोसँग फेरि झगडा पर्यो ? (चारैतिर हेर्दै ) खै ? म त यहाँ अर्को कोही मान्छे पनि देख्दिन । कोसँग कुरा गरेको ? कि विपनामा पनि एक्लै बर्बराउन थाल्नु भयो ?

लेखक 🙁 रिसाउँदै) नकरा तँ । तँ अहिले मेरो कुरा बुझ्दैनस् भावना ! (दृढताका साथ) म एउटा अत्यन्तै महत्वपूर्ण कृतिको सिर्जनाको अन्तिम चरणमा छु । यो बेला मेरो कुरा जोसँग पनि हुन सक्छ । यो मेरो जीवनको सबैभन्दा महत्वपूर्ण कृति हो । अहिले म यो जन्माउँदाको प्रश्रव वेदनामा छु । तँ यो कुरा बुझ्दैनस् । तँ यहाबाट गइहाल ।

भावना : यो के नै नौलो कुरा भयो र ? तपाई राम्रो सिर्जना गर्नुहुन्छ भन्ने कुरा म मान्दछु । तपाईमा अक्षर बुन्ने अद्भुत चमत्कार छ भन्ने कुरा पनि म जान्दछु । तर यसरी एक्लै कोठामा बसेर बर्बराउनु चाहि ठिक होईन । यो चाहि राम्रो लक्षण होइन है, भनिदिएकी छु ।

लेखक : (आवेगमा) तँ के भन्न चाहन्छस् ? … भावना ! म बहुलाउन लागें ? म पागल हुन लागें ? ( दृढताका साथ) यो तेरो संकिर्ण मानसिकताको उपज हो । बुझिस् ? साधनाको उत्कर्षमा पुगेका लेखकलाई अबुझहरू यस्तो पीडा दिन्छन् भन्ने थाहा छ मलाई । त्यसैले म तँसँग अहिले विवाद गरेर र्व्यर्थमा समय खेर फाल्न चाहन्न । तँ खुरुक्क बाहिर जा त ।

भावना : ( रिसाउँदै) तपाइले भन्न खोजेको के ? के तपाइलाई अलिकति पनि लाज? सरम लाग्दैन ? आफ्ना साधना भनेर तपाइ व्यवहारिक जीवनबाट उम्कन खोज्नुहुन्छ ? के लेखकको जिम्मेवारी पात्रहरू जन्माउनु मात्र हो । उसले आफूले जन्माएका पात्रहरूको भविष्यको ख्याल गर्नु पर्दैन ।

लेखक : (शान्त हुँ दै) ओहो ! तैंले त निकै गहन कुरा पो गरिस् । के तँ लाइ मेरो नयाँ उपन्यासका पात्रहरूबारे यत्तिका धेरै चासो छ ?

भावना : मैले तपाइको उपन्यासका पात्रहरूको बारेमा कुरा गरेकी हैन । मैले तपाइको घरभित्रका अन्य पात्रहरूको कुरा गरेकी । छोराछोरी कलेज पढ्ने भइसके । तपाइलाई उनीहरूको भविष्यको पटक्कै ख्याल छैन । छोरी सिर्जना अब ‘प्लस टु’ सकेर मेडिसिन पढ्न बैङ्गलोर जाने कुरा गर्दैथिई । के उसको पढाइका लागि चाहिने खर्चको रत्तीभर पनि पीर? चिन्ता छैन तपाइलाई ?

लेखक : (निहुँ खोज्दै) ल भयो । म यो कुरामा अहिले बहस गर्न चाहन्न । अहिले म मेरो उपन्यासको अन्तिम पृष्ठ टुङ्ग्याउने क्रममा छु । मैले यो आज जसरी भए पनि सिध्याउनै पर्छ । (सम्झाउँदै) एउटा सिर्जना जन्माउन कत्तिको कठिन हुन्छ भन्ने कुरा तँलाई पनि राम्रोसँग थाहा छ भावना ! त्यसैले सुन् यो बेला मलाई एकान्तको खा“चो छ । मलाई यसरी बारम्बार ‘डिर्स्र्टब’ गर्न आएको मन पर्दैन । अहिले तँ जा !

भावना : तपाइलाई सधैं आफ्नो इच्छाको मात्र मतलब छ हैन ? के यो घरमा तपाइ बाहेक अरू पनि बस्छन् भन्ने कुराको पटक्कै ख्याल छैन ? हे इश्वर ! मैले यो जुनीमा यो घरमा बसेर कहिल्यै सुखको सास फर्ेन नपाउने भएँ । मेरो कर्मै उस्तो ….

लेखक : ( कुरा काट्दै) भयो, भयो जा, धेरै भाषण नछाँट । अहिले म तँ सँग कुनै पनि तर्क? वितर्क गर्ने मुडमा छैन ।

भावना : यस्तासँग के कुरा गर्नु ? मान्छे भए पो …? आदिम युगको लेखकसँग तर्क गर्नु नै बेकार छ ।

भावना रिसाउँदै बाहिरिन्छ ।

लेखक शंकालु नजरले पत्नी गएतिर हेर्छ र हतार हतार ढोका लगाउँछ ।

लेखक : (लामो सास फेर्दै ) बल्ल गई ! … यसले पनि अचेल अनावश्यक रूपमा मेरो कार्यमा हस्तक्षेप गर्न थालेकी छे । यीनीहरूले मेरो महत्व अझै बुझ्न सकेका छैनन् । ….अहँ ! यस्ता झिना मसिना कुरामा म अलमलिनु हुदैन । अहिले मैले मेरो अधुरो सिर्जना पुरा गर्नु पर्छ ।

नेपथ्यमा आलाप सुनिन्छ ।
लेखक हतार हतार केहि लेखेजस्तो गर्छ । लेखेको कुरा पढेजस्तो गर्छ । चित्त नबुझेर फेरि च्यात्छ ।
मञ्चको मध्य भागमा रहेको क्यानभासलार्य नियालेर हेर्छ र पुनः कुर्सीमा बस्छ ।

लेखक : आज किन यस्तो भइरहेको छ ? मैले किन सोचेजस्तो लेख्न सकिरहेको छैन ? मेरो सिर्जनाको अन्तिम पृष्ठलाई किन मैले पुरा गर्न सकिरहेको छैन ? अहँ मैले शान्त दिमागले सोच्नु पर्छ ।

लेखक ध्यानमग्न हुन्छ । नेपथ्यमा आलाप सुनिन्छ ।
मञ्चको पछाडिबाट पात्र-१ देखा पर्छ । उसले लेखकलाई नियालेर हेर्छ ।
लेखक आफ्नै तालमा ध्यानमग्न हुन्छ । लेखकलाई देखेर युवक जोडले हाँ स्न थाल्छ । हाँ सो सुनेर लेखक झस्कन्छ ।

लेखक : को ? को हो यसरी हाँस्ने ?
पात्र १ : म हुँ म ।
लेखक : को म भन्ने ?
पात्र १ : तैंले त मलाई राम्रोसँग चिन्नु पर्ने हो ? मलाई तैंले चिनिनस् ?
लेखक : वाहियात कुरा नगर । खुरूक्क भन् तँ यो बन्द कोठामा कसरी आइस् ? (नजिक जाँदै) तँ लाई मैले यसअघि कतै देखेको हुनु पर्छ ! तर कहाँ हो ? अहँ ठम्याउन सकिन ।
पात्र १ : त्यसो भए तैंले आफ्नो सिर्जनाको प्रमुख पात्रलाई पनि चिन्न सकिनस् ?
लेखक : (शंका) प्रमुख पात्र ? (नियालेर हेर्दै ) कतैं तँ … ?
पात्र १ : मलाइ राम्रोसँग हेर । … म तेरो उपन्यासको मुख्य पात्र नै हुँ ।
लेखक : ओहो ? तेरो अनुहार त मेरो उपन्यासको मुल पात्रसँग काटिकुटि मिल्छ नि । कतै तँ ‘जसमान नेपाली’ त होइनस् ?
पात्र १ : तँ लाई अझै पनि आफ्नो सिर्जनामा विश्वास छैन भने के लेख्छन् ? लेख्न छाडिदे ।
लेखक : ( रिसाउँदै) धेरै जान्ने नहो जसे ! तैले लेख् भन्दा लेख्ने र नलेख् भन्दा लेख्न छाडने बतासे लेखक हैन म । म आफ्नो लागि लेख्छु । मलाई जे मन लाग्छ त्यही लेख्छु । म लेखक हुँ । तँ जस्तो पात्र होइन । मेरो भुमिका के हो भन्ने कुरा तैंले मलाई सम्झाइरहन पर्दैन ।
पात्र १ : गलत ! अब लेखकले आफू खुशी लेख्ने दिनहरू गए । स्रष्टाले आफू खुशी चरित्रहरूलाई प्रयोग गर्ने दिन सकिए ।
लेखक : हावादारी कुरा नगर । मैले साहित्य सिर्जना गर्न थालेको पाँच दशक नाघिसक्यो । यस अन्तरालमा आजसम्म मेरा सिर्जनाका कुनै पात्रहरूले पनि मसँग गुनासो गर्न आएका छैनन् । मैले जन्माएका कतिपय पात्रहरू पाठकहरूको मष्तिष्कमा अमर भएर बा“चेका छन् । मैले लेखेका पात्रहरू रङ्गमञ्च र का“चका पर्दाहरूमा जीवन्त भएका छन् ।
पात्र १ : होला । तैले तेरो सामन्ती सोचका उपजस्वरूप जन्माएका घरानिया पात्रहरू, रक्सीको नशामा उब्जाएका विकृत पात्रहरू तेरो कृतिका निम्ति चुपचाप दास बने होलान् । त्यही चरित्रहरूलाई भर्याङ बनाएर तैंले बर्षौंसम्म हजारौं नजरलाई धोका दिन पनि सफल भइस् होला । तर तेरो मनोमानीका दिनहरू सकिए अब । मलाई तैंले आफूखुशी प्रयोग गर्न पाउँदैन् ।
लेखक : मैले जन्माएको चरित्र भएर मेरै अगाडि तँ नाथेले यस्तो ठूला कुरा गरेको सुहाउँदैन जसमान नेपाली !
पात्र १ : धेरै ठूलो कुरा गर्न तैंले पनि सुहाउँदैन । तँलाई मेरो चरित्रको बारेमा अरू के थाहा छ भन् त ?
लेखक : तँ द्वन्द्वको चपेटामा मारिएको एउटा नेपाली होस् । योभन्दा धेरै जान्न आवश्यक छैन मलाई ।
पात्र १ : तँ यतिका दाबीसाथ मेरो जीवनको बारेमा सबै कुरा तेरो कृतिमा कसरी अभिव्यक्त गर्न सक्छस् ? मेरो अन्त्य आफूखुशी गर्ने तेरो हैसियत के छ ?
लेखक : मैले धेरै अध्ययन गरेको छु । मेरा लेखनका पूर्वअनुभवले पनि तेरो बारेमा म अलिकत्ति पनि नहिच्छिचाइकन जस्तोसुकै निर्णय पनि सक्छु ।
पात्र १ : यसमा मेरो घोर आपत्ती छ । तैंले केवल कल्पनाको आधारमा तेरो कृतिमा मेरो आफूखुशी अन्त्य गर्न पाउँदैनस् । तँलाई थाहा छ ? मैले यो देशका निम्ति किन रगत बगाएँ ? के तैले मेरा अधुरा सपनाहरूलाई तेरो उपन्यासमा सम्बोधन गरेको छस् ?
लेखक : ती कुराहरू मेरो उपन्यासमा आवश्यक थिएन । मैले त तेरो र सुन्तली बीचको प्रेमको कथानक पक्षलाई मात्र समेट्न खोजेको छु । तिमीहरू दुईको प्रेम र विछोडका कुराहरूलाई मैले स्वैरकल्पनात्मक रूपमा प्रस्तुत गरेको छु ।
पात्र १ : ( रिसाउँदै) मैले मेरो जीवन उर्त्र्सग गरेको घटनामा मेरो प्रेमसम्बन्धले ठूलो अर्थ राख्दछ कि मेरा सपनाहरूले ? यो कुरा पनि छुट्याउन नसक्नेले यो सिर्जनाको आफूखुशी अन्त्य गर्न पाउँदैन । यदि यस्तै चाला हो भने तिमी आफ्नै पात्रहरूबाट बहिस्कारमा पर्नेछौ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *