प्रकृतिमा भएका चीज काम लाग्दछन् ।
तिर्खा लाग्दा सबैले पानी माग्दछन् ।।
पानी भन्नु जीवन बाँच्नलाई चाहिन्छ ।
इनार धारा कुवाबाट पानी पाइन्छ ।।
शुद्ध हुन्छ पानी मुहान सफा भएमा ।
मैला हुन्छ पानी त्यो फोहोर गरेमा ।।
फोहोर पानी पिएमा धेरै रोग लाग्दछ ।
उमालेर पिएपछि मात्र रोग भाग्दछ ।।
फिल्टर गर्नु अथवा केमिकल राखियोस् ।
शुद्ध पानी पिऊ है स्वास्थ्य ठिक होस् ।।
हैजा जुका टाईफाईड पानीबाटै सर्दछ ।
यस्ता ठूला रोगबाट हामीले बँच्नुपर्दछ ।।
खाना खाने वेलामा धुनु हात नानीले ।
दिशा धोई पखाल है साबुन पानीले ।।
खाना खाऊ ताजा ऊ झोल धेरै लिने हो ।
सुख्खा खाना खाएमा स्वास्थ्य विग्रियो ।।
तिम्रो हाम्रो शरीर पानीबाटै बन्दछ ।
पानी धेरै नपिए कोषको वृद्धि मन्द छ ।।
पानी पिउनु मजाले अर्ती मेरो लिएर ।
लेख्ने पढ्ने गर तिमी ध्यान दिएर ।।
चूडा निर्भिक
