पिता हाम्रा आदिपुरुष हुन् मान्नु पर्छ
राम्रोसँग सम्मान दिन पनि जान्नुपर्छ
सबैभन्दा महान आमा हुन् भन्छौ भने
उनैले समेत मानेको व्यक्ति ठान्नुपर्छ
वीज लिएर आएका हौं हामी सन्तानले
वंश उङ्को अँझै परसम्म तान्नुपर्छ
बुढेसकालमा दुख्न सक्छन् जन्मदाता
खुवाउन मीठो दाल अचार झान्नुपर्छ
ज्यूँदामा हेंला गर्ने हो कान खोलेर सुन
समाज तिरष्कार कि मान छान्नुपर्छ
