Skip to content

नेपाल साप्ताहिक

भक्तिबोध

  • by

पर्वतजस्ता
अग्ला आशिषहरू थापेर
भ्रमले कुप्रोकुप्रो भएको
यो बूढो जिन्दगीमा
भक्तहरूको लस्कर अब
विकेन्दि्रत छ, मन्दिरबाहिर ।
बन्द आँखाको पर्दाभित्र
ईश्वरलीला खोज्दाखोज्दै
आफैँलाई हराउनेहरू
आजको तिम्रो ईश्वर
डबलीमा गहिरो चुप्पीको मञ्चनमा
औँलाहरू नचाइरहेको फेला पार ।

आकाशमा राहुको चलखेल

  • by

२०५९ सालदेखि मैले दसैँ मान्न पाएको थिइनँ परिवारसँग रमाएर । त्यस साल आमाले चिठी पठाउनुभएको थियो, “तिमीहरू यसपालि दसैँ मान्न नआउनू । बुहारीलाई माइत पठाइदे, तँ त्यतै पशुपतिमा गएर निधारमा टीको थाप् । हाम्रातिर दसैँ नमान्ने उर्दी जारी भएको छ । मान्छेको ज्यान कतिखेर तलबितल पर्ने हो भन्ने त्राहिमाममा बाँचेका छौँ हामी सबै । काठमाडौँमा बस्ने यता आए भने यतै राख्छौँ भनेर हप्कदप्की गर्छन् । ज्यान रहे यस सालको दसैँ अर्को साल पनि मनाउन सकिन्छ … …,” आदि, आदि ।

आमा मलाई हाँस नभन

हत्या र हिंसाले आक्रान्त भई
सिङ्गो देश रोएका बेला
शान्तिका प्रतीक परेवालाई
बाजको हावाले छोएका बेला
निर्धक्क लामो सास फेरी
आमा मलाई हाँस नभन !

चङ्गा

हिँड्दाहिँड्दै थाकेर ऊ थचक्क एउटा बाटुलो ढुङ्गामा बसी र लामो सुस्केरा हाली । घामले हो या हिँडाइको तापले हो, उसलाई निकै गर्मी महसुस भयो । निधारभरि चिटचिट पसिना आइरहेको थियो । उसले सलको एक छेउले त्यो पसिना पुछी । त्यसैबेला खेतका पहेँला धानका बालाहरूलाई चुम्दै आएको शारदीय चिसो बतासले उसको गालामा पनि स्पर्श गर्‍यो । उसलाई निकै शीतल अनुभव भयो ।

प्रश्नचिन्हबाहिर

  • by

म तिम्रो र मेरो
सम्बन्धको वर्णन गर्न
फेरि यसरी उभिएको छु
कि तिमीले जमिन दिएपछि
म उभिनु जरुरी थियो
एउटा साथी
अर्को साथीको बीच
एउटा पुत्र
पिताको बीच कसरी उभिन्छ

प्रश्नवत्

  • by

मलाई चिन्ता छैन । मैले कथा लेख्न सकिनँ वा मेरो कथा लेखिएन, यसबारे कुनै दुश्चिन्ता वा पीर छैन । मेरो भनाइको तात्पर्य यसरी लगाइयोस् भन्ने मेरो आग्रहसम्मत छ र कुरो के चाहिँ हो भने अचेल मेरा पात्रहरू क्षणक्षण समयसापेक्ष्ाित भएर बदलिने अन्य नागरिकभन्दा विपरीत निकै दुब्लाउने, झोक्राउने, निरास हुने, खुम्चिने, डराउने, भय बोक्ने आदि जस्ता देखिन थाले । चिन्ता यसमा छ भन्न खोजेको हुँ ।

वर्तमान, समय र म

  • by

समयलाई झुन्ड्याउँछु भन्नेहरू
आज फेरि फेरिएका छन्
बजारका रङ्गीचङ्गी क्यालेन्डरहरूजस्तै
र, म,
समयले खुद्रा किनेको मान्छे
नयाँ क्यालेन्डर झुन्ड्याएर हाटबाट फर्किएको छु
समय क्यालेन्डरमा बस्छ भनेर ।

सानुको आगमन

  • by

बिहान उठेर बाथरुम गएँ । त्यहाँको भयालबाट आपनो मूलढोकाबाहिर सामान्य पहिरनको कोही मानिस उभिरहेको देखेँ । अज्ञात आशङ्काले मन ढक्क फुलेर आयो, “को होला त्यो, यसरी एकाबिहानैदेखि ढोका कुर्ने ? यति सबेरै त कोही पनि भेट्न आउँदैन थिए ।”

मनमा नानाथरी खुल्दुलीहरू जन्मिए । एक्कासि डरको झस्को पस्यो । हालसालै यस्तै एकाबिहानै घटाइएका हृदयविदारक घटनाहरूले मुलुककै सातो लिइरहेको थियो । र, त्यस्ता दुर्घटनाहरू घटाउन बिहानको समय नै रोजिएको थियो ।

अधोमुखी वृक्ष

  • by

चानचुन दुई सय वर्षअघि, भूतलको सामाजिक मानचित्रमा, कतै दूर एकलासमा एउटा टापू देश थियो । त्यो टापू देशको सनातन परम्परामा अतार्कितालाई तर्कसङ्गति, अन्यायलाई न्याय र बेथितिलाई थिति मान्ने रीत थियो । त्यस टापूमा कार्य-कारण सम्बन्धका आधारमा कुनै पनि घटनाको पूर्वानुमान गर्नु असम्भवप्रायः थियो । त्यहाँ अकल्पनीय घटना घट्थ्यो र आमसमाजले विस्मयले जिब्रो टोकेर अपलक त्यसलाई हेथ्र्यो, स्तब्ध भएर धेरैबेरसम्म हेरिरहन्थ्यो । हो, त्यस टापूमा यस्तै घटनाहरूको सिलसिलामा एउटा घटना घट्यो ।

म त लालीगुराँस भएछु

  • by

म त लालीगुराँस भएछु
वनैभरि फुलेछु
मनैभरि फुलेछु
सबैको नजरमा परेछु
मायालुका लागि प्रेमको प्रतीक
ईष्र्यालुलाई बिझाउने काँढा भएछु

भुइँखाट

  • by

म भुइँखाटमा नै लम्पसार परेँ । म भुइँखाटमा सुत्न थालेको करिब एक साता हुन थालेको थियो । हुन त हाम्रो कोठामा डबल बेडको गद्दादार शय्या नभएको होइन । र, हामी दुई जोईपोइले त्यस गद्दादार बेडमाथि गुटुमुटिँदै जीवनका आनन्ददायक र रोमाञ्चक क्षणहरू नबिताएका पनि होइनौँ । हामीले यस पुरानो पलङको सट्टामा बजारमा आयात गरिएका विदेशी महँगा डबल बेडका पलङहरूमाथि सुत्ने सपनाहरू पनि नदेखेका होइनौँ । तर, यी सम्भावनाहरूका विपरीत हामी दुई जोईपोइको समान हक लाग्ने उक्त डबल बेडमाथि मेरो लोग्ने एक्लै उत्तानो परेर सुतिरहेको थियो अथवा सुत्ने नाटक गरिरहेको थियो ।

निर्वाचनपछि…

  • by

काठमाडौंको बालुवाटारमा निर्वाचन परिणामले आतङ्कै मच्चायो । भीमप्रसाद कट्टेलको घरमा एउटा बैठक बस्यो ।

“अब नेपाल बस्ने दिन सकिए,”भीमप्रसादले भन्यो, “काङ्ग्रेस, एमाले स्वाहा भए, माओवादीको राज आयो । अब नेपालमा बस्न नसकिने भैयो । माओवादीले सबैथोक राष्ट्रियकरण गर्ने भनेको छ, त्यसभन्दा त बरु भएको बेचबिखन गरेर टोरन्टोतिर लाग्नुपर्ला ।”

आमा

  • by

धेरै दिनदेखि जान मन लागेको थियो । किन किन मनमा झझल्को आइरहेको थियो त्यो घरको । साह्रै दुःखले बनाएको थिए“ त्यो घर । गरबिी र अभावका सबै रातहरू त्यही“ बिताएको थिए“ । त्यो जमिन जोड्दाको समस्या त झन् कहालीलाग्दो छ । केही त थिएन पैतृक सम्पत्ति भन्नु । दूबो उभिएको हु“ भन्दा पनि हुन्छ ।

आमाका आ“खामा आ“सु त हामीले देखेनौ“ भने पनि हुन्छ तर ती प्रायः सधै“ उदास, थकित र त्रस्त हुन्थे । हर्ुर्किएको छोरो मै भएकाले होला जेजति सरसल्लाह हुन्थे, आमाले मस“ग नै गर्नु हुन्थ्यो ।

नया नेपाल

  • by

उसले सुनेको छ, यो निर्वाचनपश्चात् मुलुकमा पछि परेका वा राज्यद्वारा बेवास्ता गरएिका सबै नागरकिको उन्नति हुनेछ । देशका मालिक स्वयम् जनता नै हुनेछन् । निर्धक्क काम गर्न पाइनेछ । कहिल्यै बन्द, हडताल, चक्काजाम वा नाकाबन्दी हुने छैन ।

जम्मा ८ कक्षासम्म पढेको लाल मिजारलाई चुनावप्रति यतिविघ्न भरोसा भने छैन । किनभने, ४८ वर्षो उमेरभित्र उसले कैयौ“ चुनाव देखिसकेको छ, भोट खसालिसकेको छ र उसैले भोट दिएकाहरू कैयौ“ सांसद, मन्त्री, मेयर-उपमेयर, वडाध्यक्ष भइसकेका छन् ।

बम कि आत्महत्या!

  • by

म साइबर क्याफेमा छु । प्रत्येक दिन दर्ुइ बजे म साइबर क्याफेमा प्रवेश गर्छर्ुु आफ्नो मेल खोल्छु । मेरा लागि यो नशाजस्तै भएको छ । अखबारको नशाजस्तो । समाचारको नशाजस्तो । चुरोटको नशाजस्तो । म एउटै क्याफेमा केन्द्रित छैन । मान्छेको कम चहलपहल भएको ठाउ“ खोज्छु । पाउ“दिन“ । जताततै युवकयुवतीको भीड देख्छु । यिनीहरू कलेज खोजिरहेका छन् । पढ्ने र कमाउने खोज यिनीहरूको छ । यिनीहरू अमेरकिा खोजिरहेका छन् । क्याफेको संसारमा प्रवेश गरेपछि लाग्छ- देशका सारा युवापुस्ता खासगरी सहरी पुस्ता यो देशबाट बाहिरनि चाहिरहेको छ । म अस्पताल जान्छु । रोगीको भीड देख्छु । मलाई लाग्छ, यस देशका सारा मान्छे कुनै न कुनै रोगले ग्रस्त छन् । म घाटमा जान्छु । मर्ुदाहरू जलाउन घाटमा लाइनमा राखिएको छ । मलाई लाग्छ, हामीकहा“ मृत्युदर बढी छ । म जुलुसको नजिक पुग्छु । मलाई लाग्छ- मान्छेहरू नारा लगाउनुलाई नै मुख्य काम बनाइरहेका छन् । लाग्नु र यथार्थबीच धेरै अन्तर छ र पनि लाग्छ ।

नाङ्गो

कवि-लीला ः नाङ्गै नुहाउने सनक

सङ्क्रमणकालबाट गुज्रिरहेको देश दर्ुदशा भोग्न बाध्य । जनता दुःख पाउन विवश । चारैतिर हाहाकार । जताततै आतङ्क । हत्या । अपहरण । बम-विस्फोट । आगजनी । लुट । धम्की । जबरजस्ती चन्दा । सामूहिक नरसंहार । बलात्कार । अर्काको जग्गा, धनसम्पत्ति कब्जा । बन्द । हडताल । चक्काजाम । झन् त्यसमाथि थपिन आइपुगेको ‘मधेस एक प्रदेश’को बबन्डर । तर्राई बन्दको अन्तहीन सिलसिला । मट्टीतेल, डिजेल, पेट्रोल, खाना पकाउने ग्यासको अभाव र कालोबजारी । जनतामा जताततै वितृष्णा, हाहाकार र हताशा । मह“गी । आधा पेट । पैसाको अवमूल्यनभन्दा चर्को अवमूल्यन मान्छेको, मानवताको । यी सबै भद्रगोलको कारक- टपरटुइ“या राजनीतिबाजहरूको अत्यन्त विवेकहीन फोहोरी राजनीति ।

जसरी चिच्याइरहेछन् म्यानमारका भिक्षुहरू

  • by

हिटलरसग मिल्ने
मार्कोससग मिल्ने
चाउचेस्कुसग मिल्ने
कस्तो राष्ट्रपतिको अनुहार देखिने हो शासनमा
देखियो भने के गर्ने –
सम्पर्ूण्ा भूगोल थर्किने गरी चिच्याउने
स्वतन्त्रता … स्वतन्त्रता … स्वतन्त्रता

विद्रोरोहको क्यानभासमा

  • by

कथाकार दिवाकर नेपालीज्यू, मैले पहिले नै भनिसकेको छु, म पात्रको कथालाई उनीहरूको शब्दमा मात्र व्यक्त गर्नसक्छु भनेर । त्यसैले अहिलेे म पात्रहरूको अन्तरव्यथाको कथा लेखिरहेको छु । कुरा के छ भने, मेरा कथाका पात्रहरूस“ग मेरो सम्बन्ध बिग्रि्रदै गएको छ, भनौं चिसिंदै गएको छ । यसरी सम्बन्ध ब्रि्रेको निकै दिन भइसक्यो । अब उनीहरू आन्दोलन गर्ने, सङ्र्घष्ामा उत्रने धम्की दिइरहेका छन् । किनभने, अहिले मुलुक नै आन्दोलन र सङ्र्घष्ाको सङ्क्रमणले क्लान्त छ

स्वतन्त्रता

  • by

सुजनस“ग बिहे हुने पक्कापक्की भएपछि सोचे“, म जीवनको महत्त्वपर्ूण्ा र पर्ूण्ा आयामतिर अवतरति हु“दैछु । नया“ फूलझै“ फक्रिएर नया“ फूलबारीमा फुल्न जा“दैछु नितान्त नया“ सुवास लिएर ।

इन्गेजमेन्ट भएको चौथो दिन सुजन मकहा“ आउ“दै थिए, उनी आउने खबर फोनबाट सुनेपछि मनमा मनमोहक र रमणीय अनुभूतिको संसार उघ्रिएको थियो । त्यो संसारमा मैले देेखे“, जीवनका सात खुसीयाली र भावनात्मक रुमानी तीव्रता । उनको आवाजको र्स्पर्श प्रतिध्वनित भइरह्यो मेरो मनको उज्यालो र मुस्कानयुक्त आकाशभर िर मेरो घरको परविेशभर ि। यस्तो लाग्यो मानौ“, उनको आवाज मात्र होइन, उनको शरीर नै सुखद उपस्थित भएको छ, यहा“ र्सवत्र जही“तही“ । सा“च्चै सुजन घर आउनु मेरा लागि बेग्लैखालको मीठो स्वाद र नया“ गन्धको अनुभूति थियो पहिलोपल्ट ।