Skip to content

नेपाल साप्ताहिक

खाडलभित्र

  • by

उनीहरू आठ-दस जना एउटा राजनीतिक भोजबाट फर्किरहेका थिए । उनीहरू मस्त पनि थिए किनभने सबै कुरा उनीहरूकै अधीनमा छ । राज्य, सत्तँ र ढुकुटी । राजनीतिक भोज भनेपछि बेहिसाब भव्य नै हुने भयो । उनीहरूले भोजमा गिलास उचालेर देशको स्वास्थ्य, एकता, सद्भावना, समृद्धि-समुन्नति र शान्तिका लागि चियर्स पनि गरेका हुन् । खाने बेलामा उनीहरू नफुट्ने गरी एक हुने गर्छन् ।

तिम्रो मृत्युको समाचार

  • by

प्रोलग: कथाको प्रथम ड्राफ्ट
कभिकभि,
मौत भि जब
एक किताब लिखती है
तो, भूमिका लिखवानेके लिए
जिन्दगीके पास आती है
-अमृता प्रितम

म पनि कुकुर

म अन्ततः कुकुर बन्ने प्रयासमा सफल बनेँ । मैले मनैदेखि आफूलाई कुकुर बनाउन खोजेको त होइन तर बेला यस्तो आएको थियो कि जहाँ पनि कुकुरका अनुहार र कुकुरका आवाजहरूसँग स्वामी भनिनेहरू बढी लोभिने गरेको पाएँ । आखिर स्वामीहरूलाई मान्छेको स्वाभिमानी अनुहार होइन, कुकुरको स्वामीभक्त अनुहार बढी प्यारो लाग्छ र मान्छेको इमानदारी नभई कुकुरको बफादारी सर्वश्रेष्ठ लाग्छ भने मान्छेजस्तो भएर बाँच्नुको कुनै तुक देखिनँ मैले ।

अकारण

आइतबार

…र, खुला झ्यालबाट पसेको हावाको शीतल मुस्लो सा“घुरो कोठाको चौकुनामा ठोक्किएर भित्ताको क्यालेन्डरलाई जबरजस्ती गर्न खोजिरहेको छ । हावाको जबरजस्तीले क्यालेन्डर विस्तारै आफूलाई ऊप्रति र्समर्पण गर्दैछ । केही क्षण नाइनास्तीको प्रतिवादमा छटपटि“दै क्यालेन्डरका पानाहरू विस्तारै पल्टिरहेछन् । पश्चिम भासि“दै गरेको पहे“लो र्सर्ूयको तीखो किरण अगाडिको टेबुलमा बजारएिको छ । र, त्यसको टकले मेरो मथिङ् गलमा चक्मा दिइरहेको छ ।

एक जुगमा एकदिन

  • by

जिन्दगीमा पहिलोपल्ट उसलाई आफ्नो शिर ठाडो भएर उठेको महसुस भएको छ । जतिपटक ब्यारेकअगाडिबाट बाटो काट्थ्यो, त्यतिपटक उसको शिर निहुरन्िथ्यो । ‘श्री ५ महाराजाधिराज सरकारको जय जय जय, श्री ५ बडामहारानी सरकारको जय जय जय ‘ जतिपटक ऊ पढ्थ्यो, त्यतिपटक उसलाई घृणाले थुक्न मन लाग्थ्यो र बसको बाहिरबाट मुन्टो निकालेर पिच्च थुकिदिन्थ्यो । फेर िडर पनि लाग्दथ्यो, कसैले देखिहाले भने – अर्थात्, त्यहा“ पहरामा बस्ने सेनाको जवानले देखिहाल्यो भने…- उसको शरीरका छाला काडिन सक्थे । ‘तै“ले कसलाई थुकेको – राष्ट्रियताप्रति यस्तो अपमान – राष्ट्रिय एकताको प्रतीक सरकारप्रति यस्तो घृणा – ठोक यसलाई…†’ यसो भनिन र त्यसो गरनि सकिन्थ्यो ।

बर्कतको हर्कत

  • by

दिन-उमेरले बर्कत बढ्दै गएपछि नानाभा“ती हर्कत देखाउनु नौलो कुरा रहेनछ । पाडो बढेपछि रा“गो बन्छ र थोरेको बगाल कज्याउ“छ । चल्ला बढेपछि भाले हुन्छ र पोथी सर्ुमर्छ । बहर फस्टाएपछि सा“ढे बनेर सुइठाउ“छ र प्रतिद्वन्द्वीका नाउ“मा सि“गौरी खेल्छ अनि तोरीबारी र“गेल्छ । छाउरो बढेपछि डा“गो बन्छ अनि गल्ली, सडक जथाभावी भुक्न, उप्रिmन र टोक्नसमेत छुट पाउ“छ । त्यसैले होला हिटलर बाजेले आफ्ना प्रिय जनरलहरूलाई भन्थे रे, उच्च मनायोगले आत्मबल बढाऊ, शत्रु लडाऊ र धर्तीमाथि एकाधिकारी र्सवसत्तावादी दरो पाउ जमाऊ । कहिल्यै खुट्टा नकमाऊ । बस् † हाम्रै कर्ुर्सर्ीीन्त नेताहरू पनि बाजेभन्दा कम कहा“ छन् र – आफ्नो हालहैकम चल्दासम्म देश लोकतन्त्र र गणतन्त्रमय बन्छ अलि तलबितल परे प्रतिगमन उर्लिएर छोप्नै खोजेको भान पर्छ ।

जिन्दगीको नबुझेको अर्थशास्त्र

  • by

“ओ हो स।र, लु बसौ“, हेर गर्मीले †” अफिस पुग्नासाथ सधै“झै“ वस्ती सरका अगाडि कृपानाथले कर्ुर्सर्ीीाखिदियो । उनी पसिनाले न्रि्रुक्क भिजेका थिए । उसले फेर िथप्यो- “अनि सर † आज पनि साइकलमै †”

“साइकलमा नै, यी हेर न यस्तो छ हालत †” खुइय्य सुस्केरा हाल्दै वस्ती सर पसिनाले भिजेको र्सटको बटन खोलेर कर्ुर्सर्ीीथि थ्याच्च बसे । कृपानाथले पङ्खा खोलिदियो ।

गुलाब, आँसु र खरानी

  • by

“मलाई जिन्दगी साह्रै पट्यारलाग्दो लाग्दैछ । मैले जीवनमा स्वतन्त्रताको उपभोग त गरे“ तर मृत्युको उपभोग किन गर्न सकिन“ – के मृत्यु वरण गर्न पाउनु मेरो स्वतन्त्रता होइन – भन त, मृत्यु मेरो वशमा छैन -” ऊ भावुक बन्दै गई ।

“तिमीले भनेजस्तै सबैको मृत्यु-इच्छाले स्वतन्त्रता पाउने भए समाजको स्वरूप अराजक बन्ने थियो,” मैले उसलाई सम्झाउने प्रयास गर्दै भने“, “प्रकृतिमा कुनै पनि जीव आफ्नो चाहनामा मर्न पाएको तिमीले देखेकी छौ -”

छोडपत्र

  • by

“सर, गफ गर्न यसो मेरो कोठातिर पनि छिर्नोस् न †”

छिमेकी कोठावालबाट पटक्कैपिच्छे आइरहने यस आग्रहलाई पूरा गर्न चार्वाक कहिल्यै इच्छुक भएन । ऊ ‘गफ’ भन्ने शब्दप्रति नै वाक्क भइसकेको थियो । अनर्थको गफ गरेर के फाइदा – गफले कुनै आत्मिक शान्ति मिल्दैन । कर्ताको अहम् सुन्नुजस्तो वाक्वाकी अघाएका बेला कोचिएको गा“समा पनि लाग्दैन ।

बाकस

  • by

“तपाईंका नाममा एउटा बाकस आउँदैछ । हाम्रा मान्छेले एक-दुई दिनभित्र घरमै ल्याइदिन्छन् । कृपया बुझेको भर्पाइ पठाइदिनुहोला,” सरलाले फोनमा भद्र आवाज सुनी ।

एक पागलको डायरी

  • by

मेरो देशको एक पतझड मौसम !

उकुसमुकुस सडक पार गरूँ भन्दाभन्दै रेडलाइट बलिहाल्यो । सुस्केरासहित सडकको वार िकिनारमै टक्क उभिएँ ।

मध्य चैतको घाम, बाफिलो सडक, हुरी र बतास । पुतलीसडकचोकमा बाटो क्रस गर्ने ध्याउन्नमा जेब्राक्रसिङ्नेर उभिएर म ग्रीनलाइट अधीरतासाथ पर्खन लागेँ …। टाढाबाट बाढीले बगाउँदै ल्याएका वस्तुहरू कतै पर पुर्‍याएर किनारमा थुपारेजस्तै मेरापछि म उभिएको किनारमा एक निमेषको समयले बाटो पार गर्ने हूल मान्छे थुपारसिकेको थियो । म एकोहोरो ग्रीनलाइटको प्रतीक्षा गर्दै रहेँ …। जब ग्रीनलाइट बल्यो, होडमा बाटो पार गरूँभन्दा त मसँगै उभिएको मान्छेको बाढी उर्लेर उहिल्यै रातो बत्ती छिचोल्दै सडकपार िपुगेर पनि आ-आफ्नो गन्तव्यतिर छिन्नभिन्न भइसकेछन् । दायाँबायाँ हेर्छु त साथमा नजिकै एक पागल मात्र उभिएको देखेँ । म र पागल दुवैले सँगसँगै बाटो क्रस गर्‍यौँ । नचिने पनि उसले मलाई नमस्कार गर्‍यो, मैले पनि स्वाभाविक नमस्कार फर्काएँ र आ-आफ्नो बाटो लाग्यौँ । त्यो पागलभित्रको धैर्य र शिष्टताले म प्रश्निल आश्चर्यमा अलमलिरहेँ । सोचेँ, ऊ त पागल नै थियो रे ! असामान्य थियो रे ! तर, म आफूलाई सद्दे कसरी ठानूँ ! जबकि, नियम पालन गर्ने म भर्खर मात्र राम्रैसित पागल सावित भइसकेकी थिएँ । आखिर त्यो समाज नामको हूल सबैले मलाई पागलको साथ छाडेर एक्ल्याएका थिए । मलाई साथ दिने त्यो पागल अहिले पनि काठमाडौँको व्यस्त फुटपाथका हूलहरूमा यसै हिँडिरहेको भेटिन्छ त कहिले जहाँसुकैको चौबाटो सडकको बीचमा उभिएर ट्राफिकले झैँ समयसूचक, दिशासूचक र नियमसूचक हात हल्लाइरहेको हुन्छ ।

मलाई चिन्नुहुन्छ ?

  • by

मैले उसलाई परैबाट चिनेँ । ऊ पनि म भएतिरै आयो । म कलेजको चौरमा पूजालाई पर्खिरहेकी थिएँ । उसले उस्तै दह्रो गरी हात मिलायो र उस्तैगरी मुस्कुरायो ।

युद्धविरामताका हामीले खुबै भेट्याँै, लगातार रूपमा साताभर हामी कहिले ठमेलको हटव्रेड्स क्याफेमा भेट्थ्यौँ त कहिले महाराजगन्जकोे उही हटव्रेड्स क्याफेमा नै । मैले गन्ती नै त गरनिँ तर हामीले त्यो साता थुप्रै कप कफी पियौँ ।

उदास साँझ

  • by

रातलाई १२ घन्टा जिम्मा लगाएर एउटा उदास साँझ भर्खरै बाहिरएिको थियो ।

घर ठूलो थियो । चारैतिर दर्बिलो पर्खाल र पर्खालमाथि तिखा सुइरा भएका फलाम ठड्याइएको त्यो घर रातको अन्धकारमा एउटा भुताहा गढीजस्तो लाग्थ्यो । तर, त्यो कुनै गढी वा भूतबङ्गला थिएन । त्यो थियो मिस्टर निर्मल थापाको चार करोड ४५ लाखको घर ।

घाटेवैद्य

  • by

ब्रह्मनालमा लमतन्न सिकिस्त बिरामी कुरेर
बारम्बार वैद्यबाको मुखमुद्रातिर आशे नजरले हेरेर
आश अर्थात् सास छ कि छैन भन्ने प्रश्नको उत्तर पर्खेर
बिरामीको मुखमा केही थोपा गङ्गाजल छर्केर
प्रतीक्षारत एक हूल निरास कुरुवाहरूतिर फर्केर
अँध्यारोमा कालीगण्डकीमा शालिग्राम खोजेझैँ

सल्लाहकार

  • by

ऊ अहिले घुम्ने कुर्सीमा बसेको छ । अगाडि एक्जिक्युटिभ टेबुल छ । टेबुलमाथि कागज र पत्रिकाहरू असरल्ल छरिएका छन् । विभिन्न रङका फोनका तीन रिसिभरहरूमध्ये धेरैजसो कुनै न कुनैमा ऊ व्यस्त पाइन्छ । अफिसको त्यही कोठामा एउटी केटी उसको दायाँपट्टकिो सोफामा बसेकी छ । अविवाहित लाग्छे उमेर र पहिरनले । छिनछिनमा एकअर्कोलाई हेर्छन्, सायद केटीले आफ्नो कुरा भनिसकेकी छ । उसले पीएलाई भित्र कोही नपठाउन भनेको छ । यतिबेला उसको मनमा विभिन्न तरङ्गहरू खेलिरहेका छन्, केटीका बारेमा, घरका बारेमा, कामका बारेमा ।

रूप र गुण

  • by

ऊसँग चार विकल्प थिए । एक, दसवर्षे गृहयुद्धका कारण जर्जर भएको ठाउँमा जाने । दुई, पाँच वर्षदेखि पानी नपरेका कारण एक चौथाइ मात्र जीवित रहेका प्राणीहरूको रक्षा गर्ने । तीन, एड्सको चपेटामा परेका ५० प्रतिशत जनताको उद्धार कार्यमा जुट्ने । चार, संसारको सबभन्दा गरबि ठाउँमा जाने र त्यहाँका आतङ्क र असुरक्षाले चपाइएका मान्छेको सेवा गर्ने ।

छली मुस्कान

  • by

तिम्रो आँखामा पोखिएको सपनाजस्तो
मसँग केही छैन
जीवनको उमङ्ग ।

छन् त
खालि यी नीला सागर छन्
जसमा सल्बलाइरहेछन् अनेक दुःखहरु
यो विरही क्षितिज छ
र केही उदास गीतहरु
जो तिम्रो सम्झनामा अनायासै आइदिन्छ ।

गुडबाई मेरी

“प्रभात ! अब तिमीले आफ्नो बासको बन्दोबस्त गर । आजको ठीक एक महिनापछि तिम्रो र मेरो डिभोर्स हुनेछ । त्यसपछि म तिमीलाई मेरो घरमा राखिरहन सक्दिनँ ।” बिहान घरबाट निस्कनुअघि मेरीले भनेको कुराले एकाएक उसको मनभित्र सुनामी पस्यो । ऊसँग आफँैले आफैँलाई राहत दिनु र उद्धार पुर्‍याउनुबाहेक अर्को विकल्प थिएन । उसले आफैँलाई सम्झाउने प्रयत्न गर्‍यो । मेरीसँग बिताएका दुई वर्षका सुमधुर पलहरूको दृश्य गाढा भएर उसका अगाडि नाच्न थाल्यो । ऊ एकैछिन रोमाञ्चित भयो । तर, फेर िमेरीको घर छाडेर निस्कनुपर्ने दिन सम्झेर मन खिन्न भयो । उसको अनुहार कालो बादल लागेको दिनजस्तै भयो ।