Skip to content


कुनै गाउँमा भुन्टे र भुन्टी नाम गरेका बूढाबूढी बस्दथे । उनीहरूका सपना र विपना नाम गरेका दुई छोरी थिए । छोरीहरू ठूली भइसकेकाले बूढाबूढीलाई उनीहरूको विवाहबारे चिन्ता हुन थाल्यो । छोरीहरू सुहाउँदो दुलाहा फेला नपरेकाले उनीहरू झन् चिन्तित बन्न पुगेका थिए । केही नलागेपछि बूढाबूढीले भोलि बिहानै आˆनो घरमा जो आउँछ उसैसाग छोरीको विवाह गरिदिने सल्लाह गरे ।

नभन्दै भोलिपल्ट बिहानै उनीहरूको घरमा बाघ आइपुग्यो । बाघ देखनासाथ बूढाबूढी आश्चर्यचकित भए तर आफूले गरेको वाचा पूरा गर्न उनीहरूलाई करै लाग्यो । जेठी छोरीको विवाह बाघसाग भएपछि बूढीले भनिन्, जेठीछोरी बाघलाई दिनुपरे पनि कान्छीचाहिँ राम्रै दुलाहालाई दिन पाए हुन्थ्यो । बूढीको कुरा सुनेपछि बूढाले भन्यो, हामीले चाहेजस्तो हुने भए त के के हुन्थ्यो । तर भाग्यमा जे लेखेको छ त्यही भएरै छाड्छ ।

‘कान्छी’ छोरी पनि जवान भइसकेकोले उसको विवाह पनि गर्न पाए कल्याणै हुन्थ्यो’ दुवैजना सोच्न थाले । धेरै दिनको प्रतीक्षापछि पनि छोरी माग्न कोही नआएकाले उसको विवाह पनि जेठीको जस्तै तरिकाले भोलिपल्ट घरमा आउनेसाग गरिदिने सल्लाह गरे । भोलिपल्ट बिहानै उड्दै आागनमा चील आइपुग्यो । आफूले नचाहादानचाहादै पनि चीलसाग छोरीको विवाह गरिदिए ।

दुवै छोरीको विवाह गरेर धेरै समयपछि उनीहरूलाई छोरीहरूको खबर बुझ्न मन लाग्यो । दुवै घर छाडेर गएपछि धनमाल चोरिने भयले बूढीलाई घरमै छोडेर बूढो छोरीहरू भेट्न हिँड्यो । ऊ पहिले हालखबर बुझ्न कान्छी छोरीको घर गयो । ससुराबा आएको देखेर चील असाध्यै खुसी भयो । मीठोमीठो खानेकुरा खुवाउन नसके पनि चीलले आफूमाथि बसाएर संसारका कुनाकुना घुमाएर ससुराबालाई घर पठाइदियो ।

संसारका कुनाकुना घुम्न पाएपछि बूढो निकै खुसी भयो । आफूले घुमेका ठाउँको बेलिविस्तार लगाउन थालेपछि बूढी पनि रोमान्चित भइन् । चीलसाग विवाह गरे पनि छोरी सुखमा रहेकीले बूढाबूढी आनन्दित भए । त्यसको केही समयपछि जेठी छोरीको घरमा गएर हालखबर बुझ्ने जिज्ञासा बूढामा जाग्यो । नभन्दै बूढो छोरीको घर जङ्गलतिर लाग्यो । बाबा आˆनो घर आएको देखेपछि छोरी मात्र होइन बाघ पनि खुसी भयो । साँझ परेपछि बाघ र बघिनी ससुराबालाई घरमै छोडेर सिकार खोज्न गाउँतिर हिँडे । बाटोमा बाघले बघिनीलाई भन्यो, म गोठभित्र गएर ठूलो खसी बाहिर आँगनमा फाल्छु, तिमी त्यसलाई उचालेर तल सिस्नुको झाडीमा फाल्नु । अनि घरमा लिएर जाउँला ।

सल्लाहअनुसार, मानिसहरू सुतिरहेको बेला बाघ खसी भएको गोठभित्र पस्यो । बघिनी आँगनमा खसीको प्रतीक्षा गरिरहिन् । एकछिनमै बाघले ठूलो खसी गोठबाट आँगनमा फाल्यो । बघिनीले समातेर सिस्नुको झाडीतिर फालिन् । खसी बेहोस भयो । बेहोस अवस्थामै खसी बोकेर जङ्गलतिर ल्याए ।

खसीको मासु खान पाएपछि बूढो रमाएर घर फक्र्यो । घर पुगेपछि बूढीले हालखबर सोधी । बूढोले भन्यो, बूढी मैले मासु खाएर अघाएको मात्र होइन तिमीलाई पनि मासु खुवाउने जुक्ति जानेर आएको छु ।

‘त्यो कसरी ?’ बूढीले आश्चर्य मान्दै सोधी ।

बाघले जस्तै गरी खसी चोरेर ल्याउने बूढाले बतायो । भोलिपल्ट राति बूढाबूढी खसी चोर्न गाउातिर गए । बूढोले बूढीलाई भन्यो, म गोठबाट ठूलो खसी समातेर आँगनमा फाल्छु तिमी तुरुन्तै त्यसलाई सिस्नुको झाडीमा फालिदिनु । बेहोस भएपछि घरतिर लैजाउँला । सो सल्लाहअनुसार बूढो खसी भएको गोठभित्र पस्यो । गोठभित्र बाख्राखसीका साथै जुधारु गोरु पनि रहेछन् । त्यो कुरा बूढालाई थाहा भएन । खसी चोरेर बाहिर फाल्नुभन्दा पहिले गोरुले बूढालाई आँगनमा फालिदियो । बूढाले गोठबाट खसी फालेको सम्झेर बूढीले बूढालाई समातेर सिस्नुको झाडीमा फालिदिइन् । अँध्यारो रात भएकाले बूढीले खसी र मान्छे ठम्याउन सकिनन् । बूढोलाई चोट लाग्यो । कराउँ भने गाउँलेले थाहा पाएर झन् पिट्ने डरले बूढो रुन थाल्यो । बूढी खसी फालेको सम्झेर मक्ख थिइन् । तल गएर झाडीमा हेर्दा पो थाहा पाइन् त्यो खसी नभएर आˆनै बूढो पो रहेछन् । यसरी अर्काको सिको गरेर चोरी गर्न हिँडेका बूढाबूढी घाइते भएर घर फर्के । अर्काले बनाएको चोरेर मीठो खानुभन्दा गुन्दु्रक र ढिँडो किन नहोस् आˆनै खानपर्दो रहेछ, बूढाबूढी पश्चाताप गर्न थाले ।

1 thought on “खसी चोरको बिजोग”

Leave a Reply

Your email address will not be published. Required fields are marked *