बिहान उठ्नु अनि दाँत माझ्नु
सर्धैं सफा सुग्घर साथ बस्नू
बिहान गर्ने सब काम भ्याऊ
धोएर हात, मुख दूध खाऊ ।
पढ्ने र लेख्ने गर भाइ-बैनी
राम्रो सधैं नै सिक गर्न बानी
बानी बसाल्दा त हुँदैन हानि
माया गरे है बहिनी छ सानी ।
साना भुराले रूख चढ्न हुन्न
पानी, हिलोमा पनि खेल्न हुन्न ।
खेल्ने कुरामा झगडा नगर्नु
साथीहरू साथ मिलेर खेल्नु ।
लौ मान आज्ञा गुरुबाहरूको
सन्देश माने गुरुमाहरूको
ठूला-बडाको गर मान ढोग
आमा-बुबाको पनि पाउ ढोग ।
मुना मासिक
पुस २०६५
