Skip to content


साना साना नानी तिमी आकाशका तारा
झिल्मिलाई चम्किरहने सधैँ हाम्रा प्यारा

चाचा राम्रो लगाएर रमाई रमाई नाच्छौ
मीठो पापा खाए पछि धेरै खुसी हुन्छौ

आफ्नो पराई नछुट्याई माया गर्छौ सबैलाई
तिम्रो प्यारो बानीले मख्ख पार्छ सबैलाई ।

साना साना नानी तिमी आकाशका तारा
सबैले माया गर्ने बनि दिन्छौ प्यारा ।

फूलवारीमा रमाई रमाई नाच्ने पुतलीलाई
टिप्नु हुन्न सुन्दर ती फूलवारीका फूललाई

साना साना नानी तिमी आकाशका तारा
माया गर्छन् तिमीलाई नानी भन्दै सारा ।

साना साना नानी तिमी आकाशका तारा
झिल्मिलाई चम्किरहने सधैँ हाम्रा प्यारा

Leave a Reply

Your email address will not be published. Required fields are marked *