Skip to content


सानो-सानो फिलिङ्गोले धर्ती सारा पोल्छ
भविष्यका वक्ता आज तोते बोली बोल्छ
सानो भनी नहेप है ! साना छौँ त के भो ?
देश हाँक्ने भविष्यका कर्णधारले हो ।

आज साना कोपिला छाँै भोलि राम्रा फूल
कोपिला नै चुँडाउने नगर है भुल !
मलजल पाएर नै बोट राम्रो हुन्छ
धर्तीलाई सौन्दर्य र सिर्जनाले छुन्छ ।

शिशुबाटै हुर्केका हुन् माओ औ लेनिन
बुद्ध, गान्धी, टेरेसा र नेल्सन-लिङ्कन
देवकोटा सानै थिए सानै थिए सम
जन्मैदेखि ठूलो मान्छे को पो थियो ? भन ।

किताब र कापी पाए समयमा हामी
पढी लेखी भविष्यमा पक्कै हुन्छौँ नामी
ज्ञान सीप सिक्छौँ सधैं असलका हुन
माया पाए सक्छौँ हामी जून तारा छुन ।

मुना मासिक
पुस २०६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *