रोइरहेको स्वदेश हेर्न फेरि आउँछौ किन ?
सगरमाथाका ती गीतहरू तिमी गाउँछौ किन ?
‘परदेशका’ ती दुःख-पीडाहरू भो नसुनाऊ
मुहारभरि ती आँसुहरू देखाउँछौ किन ?
कस्को मोहमा फस्यौँ के को लोभमा पर्यौ
घरिघरि फेरि त्यै पर-देशमै धाउँछौ किन ?
स्वदेशकै लागि मर्दैछन् अझै नि ‘ती वीर नेपाली’
मरेका ती दाई र भाई एक्लै, उठाउँछौ किन ??
बुद्ध जन्मेको यो देशमा अशान्ती छ अझै
शान्तिक्षेत्र यो नेपाल भनी चिनाउँछौ किन ??
नागदह, धापाखेल
