बिझाउँदैन पचिसक्यो गाली आजभोलि
पानी होइन रगत बग्छ खालि आजभोलि ।
इमान जमान मासियो हराए इमान्दार
सलबलाउँछन् यताउता जाली आजभोलि ।
समयकाल साह्रै अचेल खराब भएको छ
ठग सैतानले नै पाउँछन् ताली आजभोलि ।
सन्त्रास र भयको शासन चल्दैछ खुबै
रक्ताम्मे छन् चरी बस्ने डाली आजभोलि ।
फूल फुल्नै छाडे अचेल हेर्नुस् त हजुर !
कुर्सी खोस्नै व्यस्त छन् माली आजभोलि ।
कर्मैया, सर्लाही
युवामञ्च २०६७ चैत
