Skip to content

भैगो अब तिम्रो मेरो साथ छुटे छुटोस

  • by


भैगो अब तिम्रो मेरो साथ छुटे छुटोस,
बाँकी जीबन घाउ भई सधैँ दुखे दुखोस् ।

तिमिलाई देउता ठान्थे तिम्रा कुरा सुन्दा,
तिम्रै चिन्ता लाग्थ्यो आफ्नो ज्यानको भन्दा ।
यो मन भरि राखेँ तिमि आँखाबाट बग्यो,
मागे जति दिएँ सबै आफूसँगै लग्यौ ।

यो उधारो तिम्रो माया दुख्छ मलाई सधैँ,
बचनमात्र मलाई दिई मन चाहिँ दियौ अन्तै ।
मलाई तिम्रो संझनाले नपछ्याए हुन्थ्यो,
सपनीमा पनि कतै नभेट्टाए हुन्थ्यो ।

खाँदबारी-६, संखुवासभा
हालः क्यालिफोर्निया, अमेरिका

युवामञ्च २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *