Skip to content

लघुकथा कुनो

गल्ती (लघुकथा)

एक दिन कुनै एक मित्रको घरबाट साँझको भोजनको निम्तो आयो। समयमै घर पुगेँ। मित्रका बाबु-छोरा बैठक कक्षमा बसेर टिभी हेर्दै रहेछन्। खाना तयार हुँदै थियो त्यसैले केही बेर म पनि टिभीमै व्यस्त भएँ। अचानक भान्छा कोठाबाट केही खन्द्र्याङ्ग झरेको आवाज आयो र साथै आयो गालीहरूको वर्षा

शान्ति (लघुकथा)

कुनै जङ्गलको बीचमा एक पोखरी थियो। जङ्गलको पानीको मुख्य स्रोत बनेको पोखरी वर्षैभरी जङ्गलका सम्पुर्ण जनावरहरूलाई पानीको आपुर्ति गर्दथ्यो। अझ पोखरीको वरीपरी दलदले जमिनले बनाएको सिमसार अनि त्यसको पाखामा भएको सुख्खा जमिन त्यहाँका रैथानेहरूको लागि स्वर्ग थियो।

पोखरीमा जलचरहरू आनन्दले बसेका थिए। दलदले जमिनमा कहिले पोखरीको छेवैमा, कहिले बाहिर घाम तापेर सिमसारका रैथानेहरू तथा उभयचरहरू विचरण गरिरहेका थिए।

चुन्नी-मुन्नी (अनूदित लघुकथा)

मुन्नी र चुन्नी को खुब प्रतिष्पर्धा चल्थ्यो। मुन्नी छ वर्षकी थिई, चुन्नी पाँचकी। दुवै सहोदर बहिनी हुन। जस्तो घाँघर मुन्नीलाई आउँथ्यो, त्यस्तै चुन्नीलाई। जस्तो गहना मुन्नीलाई बन्थ्यो, त्यस्तै चुन्नीलाई। मुन्नी ‘ख’मा पढ्थी, चुन्नी ‘क’ मा। मुन्नी पास भई, चुन्नी फेल। मुन्नीले प्रार्थना गरेकी थिई कि यदि ऊ पास भई भने महावीर स्वामीलाई मिठाई चढाउँछे। आमाले उसको लागि मिठाई मगाउनुभयो। चुन्नीले उदास भएर आमाको कानमा बिस्तारै सोधी, “आमा के जो फेल हुन्छन, उसले मिठाई चढाउँदैन?”

अस्मिता (अनूदित लघुकथा)

सयौँ आँखाहरूको अगाडि उनको अस्मिता निर्दयतापुर्वक लुटिँदै थियो।

ती महिलाको शरीर निर्धक्कसँग निर्वस्त्र गरियो।

कालो बिरालो (लघुकथा)

पूर्वी नेपालको कुनै एक जिल्लामा अङ्ग्रेजी माध्यममा शिक्षण गर्ने सामुदायिक विद्यालयका प्राथमिक शिक्षकहरूका लागि आयोजना गरिएको छ दिने प्रशिक्षण कार्यक्रमको समापनपश्चात कार्यक्रम स्थलबाट यसो बाहिर निस्केर के हिँडदै थिएँ, केही अगाडि एक सभा हल जस्तो देखिने एक भवनको वरिपरि मानिसहरूको जमात देखियो।

सुशासन (लघुकथा)

“साहुजी, दुई किलो चिनी दिनुस त।” कार्की बाले साहुजी समक्ष अनुनय गरे।

“होइन कार्कि बा, एक किलो मात्र लैजानुस।” साहुजीले ओठे जवाफ फर्काए।

“के हो साहुजी चिनीको भाउ बढ्दै छ कि के हो?” कार्कि बाले जिज्ञासा राखे।

कल्कि अवतार (लघुकथा)

स्वर्गमा हाहाकार मच्चियो।

सबै देवगणहरू जम्मा भएर देवराज इन्द्रछेउ पुगेर बिन्तीभाउ गर्न थाले।

“देवेन्द्र, हामी सङ्कटमा पऱ्यौँ।” – पवन देव।

“अब अरू प्रतिक्षा गर्न सकिँदैन।” – वरूण देव।

“हाम्रो शक्ति क्षीण हुँदै गइरहेछ।” – अग्नि देव।

उत्सव (लघुकथा)

“म तपाईँलाई हजुरबुबा भनेर बोलाउँछु है।” अचानक पछाडिबाट आएको आवाजले झस्किए उनी। नाकको डाँडीमा अडिएको चश्मा मिलाउँदै उनले आगन्तुक तर्फ हेरे। रसाएको आँखाले देखेको धुमिल आकृति बिस्तारै प्रष्ट हुँदै गयो। त्यस्तै अठार – उन्नाइस वर्षको ठिटो उनी भएतिर आउँदैथियो।

उसको अनुहारमा एक चमक उनले देख्न सक्थे। उनलाई थाहा थियो यो चमक आजको लागि मात्र थियो। भोलिबाट उसको पनि हबिगत त्यहाँ भएका अन्य सबैको व्यक्तिको जस्तै हुने थियो।

स्वास्थ्य (लघुकथा)

ऊ पेशाले स्वास्थ्य विषयको प्राध्यापक। स्वास्थ्य प्रति सँधै सचेत। मेरो पहिलो पटक उसँग जम्काभेट क्याम्पस गेट भन्दा बाहिरको एउटा रेस्टुरेण्टमा भएको थियो। रेस्टुरेण्टमा मित्र केशबलाई पर्खन चियाको अर्डर गरेर बसेको मात्र के थिएँ ऊ आइपुग्यो।

“अधिकारी मित्र नमस्कार।” – अभिवादनका साथ हात मतर्फ अगाडि बढायो। पुलुक्क हेरेँ चैतको गर्मीको बावजुद पातलो ज्याकेट, पञ्जा हातमा र मुखमा मास्क। अभिवादन गर्दै हात मिलाएँ।

आलोचना (अनूदित लघुकथा)

एक रात समुद्रीयात्रामा निक्लेको एक घोडसवार सडक किनारको एक बिश्रामगृहमा पुग्यो। उ घोडाबाट ओर्लियो र अरू सबै यात्रुहरू जस्तै मानिसहरू तथा रात प्रति निश्चिन्त हुँदै घोडा बिश्रामगृहको द्वार नजिकैको एउटा रूखमा बाँध्यो र बिश्रामगृहभित्र पस्यो।

मध्यरातमा, जब सबै निद्रामा मस्त थिए, एक चोर आयो र यात्रुको घोडा चोऱ्यो।

बिश्वास (लघुकथा)

घरायसी कामधन्दामा व्यस्त सरला फोनको घण्टी सुनेर फोनतिर लम्कन्छे।

“हजुर सरला म्याडम बोल्नुभएको होइन?” उताबाट आवाज आउँछ।

“हजुर बोल्दैछु।” सरला जवाफ दिन्छे।

“म विद्यासागर कलेजबाट प्रिन्सीपल बोल्दैछु। हजुरको बाबु बिनयको विषयमा केही कुरा गर्नु थियो हजुर यसो विद्यालयतिर आउनुहोला न है?”

देशको सेवक (अनूदित लघुकथा)

देशको सेवकले भन्यो – देशको मुक्तिको एक मात्र उपाय छ अनि त्यो हो तल्लो जातका मानिसहरूसँग पनि भाइचाराको सम्बन्ध, दलीतहरूसँग पनि बराबरीको ब्यवहार। संसारमा सबै दाजु-भाइ हुन, कोही तल्लो र माथिल्लो जात हुँदैन।

जनताले जय-जयकार गरे – कति विशाल दृष्टि, कति भावुक हृदय!

उसकी सुन्दर छोरी इन्दिराले यो कुरा सुनी अनि चिन्ताको सागरमा डुब्न थाली।

जनता जनार्दन (लघुकथा)

गाउँमा एउटा चमत्कारी सन्त आएको कुरा खरको आगो झै दन्दनी सल्कियो।

“साँच्चै नै सिद्ध पुरूष हुन रे। सम्पूर्ण ब्रह्माण्डको ज्ञाता।” बृद्ध दीर्घामा सुनियो।

“जे माग्यो त्यही पुग्छ रे।” अधबैँशेहरू फलाक्न थाले।

“साह्रो ह्याण्डसम छन रे। अनि भविष्य छर्लङ्ग देखाइदिन्छन रे।” ठिटाठिटीहरू दङ्ग भए।

बाबाजीको भोग (अनूदित लघुकथा)

रामधन अहीरको दैलोमा एक साधु आएर भन्यो – “बाबु तिम्रो कल्याण होस, साधुमाथि केही श्रद्धा देखाऊ।”

रामधनले श्रीमतीसँग भन्यो – “दैलोमा साधु आएका छन, उनलाई केही ल्याएर दे।”

श्रीमती भाँडा माझ्दै थिई, र यो चिन्ताले ग्रस्त थिई कि आज खाना के बनाउने, घरमा अन्नको एक दाना पनि थिएन। चैतको महिना थियो। तर यहाँ त दिउँसै अन्धकार व्याप्त थियो। उब्जनी सबै खेतबाटै उठेको थियो।

बन्द ढोका (अनूदित लघुकथा)

सूर्य क्षितिजबाट निक्लियो, बच्चो झोलुङ्गोबाट। उही स्निग्धता, उही रङ्गरूप, उही मस्ती, उही चमक।

म बार्दलीमा बसिरहेको थिएँ। बच्चोले ढोकाबाट चिहायो। मैले मुस्काउँदै बोलाएँ। ऊ मेरो काखमा आएर बस्यो।

उसको बदमासी शुरू भयो। कहिले कलमतिर हात बढाउँथ्यो, कहिले कागज तिर। मैले काखबाट उतारी दिएँ। ऊ कुर्सीको खुट्टा समातेर उभीइरह्यो। घर गएन। ढोका खुल्लै थियो।

देवी (अनूदित लघुकथा)

रात शीतले भिजीसकेको थियो। म बार्दलीमा उभीइरहेको थिएँ। मेरो सामुन्ने अमीनुद्दौला पार्क निद्रामा मस्त थियो। मात्र एक महिला अडेस लगाउन मिल्ने बेञ्चमा बसीरहेकी थिई। पार्कको बाहिर सडकको छेऊमा एक अन्धो पथिकहरूलाई आशिष दिँदै थियो – अल्लाह तथा रसूलको नाममा … राम अनि भगवानको नाममा – यो अन्धोमाथि उपकार गर्नुहोला।

फटेङ्ग्रो र कमिलो (अनूदित लघुकथा)

एक दिन शिशिरको चिसो याममा एउटा भोको फटेङ्ग्रोले एक कमिलोसँग उसले जम्मा गरेर राखेको खानेकुराको याचना गऱ्यो।

“किन र?” कमिलोले सोध्यो, “पुरै बर्खा भरि गीत गाएर बस्नुको सट्टा अलि-अलि खानेकुराको जोहो गरेको भए हुँदैनथ्यो?”

रातो मैनबत्ति (अनूदित लघुकथा)

मृत्युशय्यामा पल्टेको उसले उसकी श्रीमतिलाई नजिक बोलायो र भन्योः
“म तिमीलाई सँधैको लागि छोडेर जाँदैछु; त्यसैले तिमी मेरो लागि आफ्नो सतित्व र प्रेमको एक अन्तिम प्रमाण देऊ, किनकि हाम्रो पवित्र धर्म अनुसार एक विवाहित पुरूषको मृतात्मा स्वर्गमा प्रवेश गर्नु अघि यो वाचा गर्नु पर्छ कि उसले आफ्नो जीवन भर कुनै पतीत नारीसँग साँठगाँठ गरेन।

छेपारो (लघुकथा)

दामनको हिमशिखर रेष्टुरेण्टमा रमझम शुरू भयो।

हामी नजिकैको एक टेबलमा वीर गोर्खालीको चिनो अङ्कित बोतल खुल्यो।

बोतल खुल्दै गयो। गिलास भरीँदै खाली हुँदै गए। बोतल भित्रको बिजुली झोलले पनि उनीहरूलाइ खोल्दै गयो, उनीहरू पनि खुल्दै गए।