Skip to content

युद्ध र साना देशहरू (अनूदित लघुकथा)


एक पटक एउटा भेँडा र उसको सानो पाठो कुनै एक घाँसे मैदानमा चरिरहेका थिए, उक्त मैदानको माथि एउटा भोको चील घुम्दै त्यो सानो पाठोलाई हेरिरहेको थियो । जब त्यो भोको चील त्यो सानो पाठोलाई झम्टन खोज्दै थियो कि त्यत्तिकैमा त्यहाँ अर्को एउटा चील देखा पऱ्यो र त्यस्तै भोकाएको नजरले त्यो पाठोलाई हेर्न थाल्यो । त्यसपछि ती दुई प्रतिद्वन्दी डरलाग्दो आवाजले पुरै आकाश घन्काउँदै एक-अर्कासँग जुध्न थाले ।

भेँडोले आकाशमा हेऱ्यो र अचम्ममा पऱ्यो । ऊ आफ्नो सानो पाठो तिर फर्क्यो र भन्न थाल्यो,
“हेर बाबु, ती दुई बिचरा चराहरू कसरी एक-अर्कासँग लडीरहेछन् । एउटा सिड्गो आकाश पनि ती दुईको लागि कमै भएछ । बाबु, तिम्रा ती पंछी भाईहरूको लागि हृदयबाटै भगवानसँग शान्तिको कामना गर्दै प्रार्थना गर ।”

अनि त्यो पाठोले भित्री हृदयबाट तीनिहरूको शान्तिको कामना गर्दै प्रार्थना गऱ्यो ।

खलील जिब्रानको कथाः War and the Small Nations
अनुवाद कर्ताः एकदेव अधिकारी
२०६९ आश्वीन २१ गते
क्यालिफोर्निया

Leave a Reply

Your email address will not be published. Required fields are marked *