दधीचिको त्याग र इन्द्रलाई ब्रह्महत्या


(यो कथा श्रीमद्भागवतमा आधरित छ)

हामीले कहीं त्यागको कुरा गर्नु पर्यो भने दधीचिको नाम लिन्छौं । दधीचिले के त्यस्तो महान त्याग गरेका थिए, किन गर्नु परेको थियो र कस्को लागि गर्नु परेको थियो त्यो त्यागसम्म आउँदा के के घटना घटेका थिए र त्यो त्यागले कसलाई फाइदा गर्यो भन्ने कुराको ज्ञान हामीमा हुनै पर्दछ ।

उहिले पौराणिक कालमा त्वष्टा नामका आदित्य देवता थिए । उनले असुरकुलकी कन्या विवाह गरेका थिए । यिनैबाट विश्वरुप नाम गरेका पुत्रको जन्म भएको थियो । विश्वरुपका तीनवटा शिर थिए । यी तीनवटा शिरका तीनवटा मुख पनि थिए । विश्वरूपाले एउटा मुखबाट सोमलताबाट तयार पारिएको रस (सोमरस), एक मुखबाट सुरा पिउथे र तेस्रो मुखबाट भने अन्न ग्रहण गर्दथे । यिनले देवताहरूको पूजा गर्दथे र आहुती दिने काम गर्दथे । यसरी आहुती दिने काममा विश्वरूपले यज्ञको केही भाग देवतालाई दिंदा गोप्यरूपमा केही भाग असुरहरूलाई पनि दिने गर्दथे ।

देवराज इन्द्रलाई यो गोप्य कामको थाहा लाग्यो अनि दानवशक्ति बढेर देवताको नाश गर्ने त होइनन् भनेन डर पनि लाग्यो । विश्वरुपले गरेका यो छलकपट कामप्रति इन्द्रलाई साह्रै रिस उठ्यो र उनले विश्वरुपको तीनवटै टाउको काटिदिनु भयो । विश्वरुपले स्वार्थपूर्ति गर्न खोज्दा ज्यानै गयो भने इन्द्रले पनि देवतालाई रक्षा गर्छुभन्दा विश्वरुपलाई मारेको ब्रह्महत्या भोग्नु पर्ने भयो । यो ब्रह्महत्याको पापलाई इन्द्रले चाहेको भए चाँडै नै मुक्त हुनसक्थे तर इन्द्रले यो कर्मलाई एकवर्षसम्म पर्खे र पापको भोग गर्दै गए ।

एक वर्षपछि उनले यो ब्रह्महत्याको पापलाई पृथ्वी, स्त्री, वृक्ष, र जल गरी चारभामा बाँडिदिने बिचार गरे र इन्द्रको यो पापलाई यी चारै थरीले वरदानको साथमा बाँडेर लिए । पृथ्वीले कहीं कहीं खाल्टो परेमा स्वत भरिने वरदान पाइन् तर भनिन्छ आजसम्म कहीं कहीं जमिन बाँझो रहनुको कारण यही ब्रह्महत्याको रूप हो । स्त्रीहरूले लिएको हिस्सामा पहिला ऋतुकालमा मात्र गरिने सहवास वरदान पछि पुरुषसँग सधैं सहवास गर्न पाउने भए तर भनिन्छ रजस्वलामा त्यो पाप महिना महिनामा देखिन्छ । रुखले पाप ग्रहण गरेवापत काटे पलाउने वरदान त पाए तर रुखमा देखिने ऐजेरु(गाँठोको ग्रन्थी) त्यही पापको रूप हो । यसरी नै पानीले पनि खर्चिदै गए पनि निर्झर वर्षा आदिको रूपमा मात्रा बढिरहने वरदानको साथमा ब्रह्महत्यको पापलाई ग्रहण गरेको हुनाले आजकल पनि पानीको पिंmज र फोकालाई ब्रह्महत्याको रूप भएकोले ग्रहण गरिदैन ।

यता विश्वरुपको बध भयो । इन्द्रले ब्रामणलाई मारेवापत ब्रह्महत्याको पापको सजाए भोगे र वितरण पनि गरे तर त्यो वितरित पापको भोगाई आजसम्म पनि जीवित रहेको हामीले विश्वास गर्दै आएका छौं । उता छोरो मारिएको आक्रोशमा त्वष्टाले इन्द्रका शत्रुहरूको अभिबृद्धिको लागि शत्रु उत्पन्न गर्नको लागि हवन को थालनी गरे । यो हवनको यज्ञबाट एउटा डर लाग्दो बलवान कालो रूपको दानव प्रकट भयो । यसको नाम बृत्रासुर रह्यो । बृत्रासुरले सबै लोकलाई घेर्यो । देवताहरूसँग युद्ध भयो । बृत्रासुरले देवताका सबै अस्त्रशस्त्र निलिदियो र देवतालाई शक्तिहीन बनाई दियो ।

भनिन्छ संसारका यी सबै खेलहरू ईश्वरको लीला हो । जब स्वय म भगवानको चाहना भए पछि सबै संकटबाट मुक्त भइन्छ । यो सङ्कटयुक्त अवस्थाबाट पारपाउनको लागि ईश्वर विना सम्भव छैन भन्दै सारा देवताले श्रीहरिको प्रर्थना गर्न थाले । देवताहरूको यो आराधनाबाट भगवान साह्रै खुसी हुनु भयो । भगवानले देवताहरूलाई दर्शन दिनु भयो । देवताहरूले आफ्ना सारा व्यथा श्रीहरिमा राखे । यो सुनेर श्रीहरिले दधीचिको शरीरबाट बनेको अस्त्रशस्त्रबाट मात्र बृतासुरको मरण हुने हुँदा दधीचि अथर्वेदी, धर्मका मर्मज्ञ, पनि हुनुहुन्छ, त्यसो हुँदा अश्वीनीकुमारहरूले गएर मागेमा आफ्नो शरीर अवश्य प्रदान गर्ने विश्वास श्रीहरिले देवतालाई बताएर दधीचिकहाँ जानको लागि निर्देशन दिनुभयो र आपूm अन्तर ध्यान हुनु भयो ।

श्रीहरिको यो उपदेश अनुकुल सबै देवता दधीचि कहाँ गएर उहाँको शरीरका लागि याचना गर्न थाले । बास्तवमा पाहुना आउन जान्दैन, माग्नेले माग्न जान्दैन र दाताले माग्नेले चाहेको के हो त्यो जान्न सक्दैन । माग्नेमा स्वार्थ छिपेको हुन्छ, दातामा स्वार्थ नहुन पनि सक्छ । देवताहरूले धर्मको रक्षा गर्न, देवताको आपत विपतलाई बुझेर तपाईंको शरीर चाहियो भन्दै याचना गरेका थिए ।

दधीचि देवताका यी बाँणी सुनेर अत्यान्त खुसी हुनु भयो र भन्नु भयो – ‘धर्म र परोपकारको लागि, एक दिन नाश हुने शरीरले तपाईंको कल्याण हुन्छ भने अहिले नै लानु होस् । म मेरो प्यारो शरीर अहिले नै छाडि दिन्छु’ किनकि मानिस भएर कसैको दुःखलाई दुःख र सुखलाई सुख आफ्नै ठान्नु पर्दछ र सबैले बुझ्नु पर्ने कुरा के हो भने धन जन र शरीर आदि क्षणभङ्गुर हुन् यी सबै आफ्नो लागिभन्दा अर्काको लागि काम आउने बस्तु हुन् भन्दै दधीचिले उनै परमब्रह्म परमात्मा हरिमा आपूmलाई लिन गरेर शरीर त्यागिदिनु भयो ।

यो जड शरीरलाई माया नगर्ने संसारमा मानिस त के देवता पनि पाउनु कठिन हुन्छ । देवताहरूले दधीचिको तन माग्नुको कारण पनि आफ्नो तन बचाएर स्वर्गको ऐसआराम उभोग गर्नु नै थियो । मानव धर्मलाई पालन गर्दै देवताको दुःख हटाएर उनले भोग गर्दै आएको सुख अमन चैन र वैभवलाई दिलाउनको लागि दधीचिको यो त्याग महान त्याग थियो । यो त्याग युगौंयुगसम्म अमरत्व कायम भएको छ र त्याग गरिन्छ भने दधीचिको जस्तो हुनु पर्दछ भनिदै आइएको छ ।

देवताहरूले दधीचिको स्थूल शरीर प्राप्त गरेपछि । उनको हड्डीबाट, विश्वकर्मालाई बज्र बनाउन लगाइयो र यो बज्र लिएर इन्द्र भगवान अरु देवताको साथमा बृत्रासुरको हत्या गर्नको लागि युद्धमा होमिनु भयो । देवता र दानवको धमाशान युद्ध भयो । परमब्रह्म परमात्मा उनै भगवानको कृपाले युक्त इन्द्रको शक्तिलाई हराउन दानव शक्लिे सकेन र दानवहरूलाई देवताहरूले अस्त्रशस्त्र विहिन बनाएर धपाउन थाले । बृतासुरले आफ्ना सेनालाई देवताले धपाएको र आफ्ना सेनाले युद्धको मैदान छाड्न लागेको देखेर आफ्नो शक्तिको भरमा देवसेनालाई उसले रोको र युद्ध गर्न थाल्यो साथै आफ्ना सेनालाई भन्न थाल्यो कि संसारमा जन्म लिए पछि अवश्य एक दिन मर्नु पर्छ । मराई पनि थरिथरिका हुन्छन् । एउटा मराई युद्धभूमिमा शत्रुकासँग लड्दा पिठ्यूँ नफर्काई वीरोचितगति प्राप्त गर्नु अनि अर्को मराई भनेको योगी पुरुषहरूले आफ्नो प्राणलाई बसमा राखेर चाहेको अवस्थामा ब्रह्मचिन्तनद्वारा आफ्नो शरीरलाई त्याग्नु । यी दुवैमात्र सार्थक मराई हुन् । तिमीहरू भाग्नु र अस्त्रशस्त्र विहीन भई भाग्ने सेनालाई देवताले अस्त्रशस्त्र लिएर धपाउनु दुवै युद्ध धर्मको विपरित हो । आफ्ना सेनालाई एकातिर यो त जीवनको सुवर्ण मौका हो हामी युद्धमा छौं र लड्दा लड्दै वीरगति प्रप्त भयो भने स्वर्गादिलोकको प्राप्ति हुन्छ र सुयस पनि पाइन्छ । त्यसो हुँदा तिमीहरू युद्धदेखि नडाराऊ अनि अर्कोतिर बृतासुरले इन्द्रलाई आफ्नो निरपराधी दाज्यूलाई तीनवटै शिर छेदन गरेर मारेकोमा रोष प्रकट गर्दै, लड्नको लागि लल्कारो । दुवैको घमाशान युद्ध भयो, बृतासुरको प्रहारले इन्द्रको बज्रनै बृतासुरको नजिकै आएर खस्यो र इन्द्रमा ठूलो संकट आइलाग्यो । इन्द्र लज्जित पनि भए । यस्तो अवस्थाम बृतासुरले त्यो बज्र टिपेर शत्रुलाई मार, यो समय भनेको विषाद गर्ने समय होइन भन्दै धेरै सत्यमा आधारित कपटरहित दर्शनका कुरा इन्द्रलाई सुनायो । इन्द्रले पनि उसलाई सिद्धपुरुषको रुपमा लिनुभयो । उसको प्रशंसा गर्नु भयो । दुवै योद्धा बीच धेरै दर्शनका कुराहरू भए । भगवान विष्णुले दधीचिको हड्डीबाट बनेको बज्रबाट मार्ने आदेश इन्द्रलाई दिएको कुरा पनि इन्द्रलाई बृत्रासुरले सुनायो र भगवानको जसलाई साथ हुन्छ,त्यसले नै युद्ध जित्छ । इन्द्रले उसका दुवै हात काटेर खसालिदिनुहुन्छ । तब पनि ऊ इन्द्रसँग डटेर लडिनै रहन्छ र बृतासुरले इन्द्रलाई निलिदिन्छ । नारायण कवच र योगमायाको बलका सुसज्जित इन्दले बज्रले बृतासुरको कोखलाई छेदन गरी बाहिर अउनुहुन्छ र अन्त्यमा दधीचिको हड्डीबाट बनेको बज्रले बृतासुरको शीर क्षेदन गर्नुहुन्छ । बृतासुर मरेको देखेर सबै देवी देवताले खुसी मनाउन थाल्दछन् । बृतासुर परमब्रह्म भगवान हरिको परम भक्त थियो । त्यसो हुँदा उसको शरीरको आत्मज्योति बाहिर आएर भगवानमा लिन हुन्छ तर इन्द्र देव भने ब्रह्महत्याको डरले उसलाई मार्न नचाहँदा नचाहँदै पनि देवताको कल्याणको लागि मार्नु भयो र इन्द्रलाई भने ब्रह्महत्याले पोल्न थाल्यो । ब्रह्महत्याले पोलेपछि इन्द्र भगवानले मानोसरोवरको कमलपूmलकको तन्तुभित्र एकहजार वर्षसम्म लुकेर बस्नु पर्यो । इन्द्रले अग्निको मुखबाट खाना खाने भएकोले विना खाना, बस्नु भयो । यो एकहजार वर्ष सम्मको स्वर्गको राज्य सञ्चालन नहुषले गरे । नहुष एउटा विद्वान तपमा विश्वास गर्ने र योगबल हाँसिल गरेका राजा थिए तर मानिसलाई सर्बसम्पन्नता पुग्नु पनि अभिशाप हुदो रहेछ । नहुषले सर्बसम्पन्नता हाँसिल गरेपछि विलाशिता पलायो । उसले इन्द्र पत्नी सचीतिर आँखा लगाउन मन गयो सची एउटा पतिव्रता भगवती हुनुहुन्थ्यो । नहुषको यो कुबिचारको नतिजा नहुषलाई ऋषिको सरापले सर्पमा परिण हुन पर्यो । इन्द्रले पनि भगवानको आराधना गर्दै जाँदा ब्रह्महत्याको पापबाट मुक्त हुँदै जाने बेलाआउन थालेको थियो । ब्राह्मणहरूले इन्द्रलाई पुन बोलाएर स्वर्गको रजा बनाए । यता लक्ष्मीले इन्द्रलाई रक्षा गरिरहेकी र उता रुद्र भगवानले ब्रह्महत्याको पापलाई निस्तेज पारिदिनु भएकाले ब्रह्महत्याले इन्द्र माथि आक्रमण गर्न सकेन । अश्वमेध यज्ञ गरेर इन्द्र ब्रह्महत्याको पापबाट मुक्त हुनुभयो । यसरी राम्रो कामको राम्रो नतिजा र कुकर्मको खराव नतिजा निस्कन्छ नै । अन्याय र अत्याचारीले मानिसमात्र नभै स्वयम भगवानले पनि डण्डका भागी हुनै पर्छ ।

अतः भगवानको लीला अपरम्पार छ । भक्तहरूलाई भगवानको सधै संरक्षण नै छ । जन्मेपछि मर्नै पर्छ । यो स्थूल शरीरलाई सर्ब हिताय, धर्म, भगवान भक्तिमा लगाएर भगवानमा नै यो प्राण लिन गराउनको लागि हामी सबैको ध्यान जानु पर्दछ । हामी सबै कर्म धर्म परोपकारमा जुटौ र यो प्राणलाई उने परमब्रह्म भगवान श्रीहरिमा समर्पण गरौ ।

धन्यवाद

सदानन्द अभागी
शान्तिचोक कावासोती, नवलपरासी
मिति २०७०/९/११,

सन्दर्भ सामाग्री
श्रीमद्भागवत नेपाली भाषामा अनुवादक रामप्रसाद जोशी, दोस्रो संस्करण वि.सं २०५७, प्रकाशिका श्रीमती नानी मैया जोशी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *