राजा चित्रभानु


फाल्गुन कृष्ण चतुर्दशीका शिवरात्रि पुजाको विशेष महत्व छ किनभने सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए। प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्ने भएकोले यस पर्वलाई महाशिवरात्रि अथवा कालरात्रि रुपमा पूजा गर्दै आराधना गरिन्छ । तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिवलाई शिवशक्तिको रुपमा प्रेत र पिशाचहरूबाट घेरिएर बस्दै आएका छन भन्ने मान्यता रहेकोछ । उनको रूप बडो विचित्रको छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत्-तारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ। साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि अन्जानमा भएको ध्यानबाट पनि प्रशन्न भई भक्तहरूलाई मंगल प्रदान गर्दै उद्दार गर्ने दयालु शंकरलाई र श्रीसंपत्तिका दाता मानिन्छ । यस्ता शक्ति रुपेन शिवको कथाको रुपमा यहाहरू माझ यसरी प्रस्तुत भएकी छु ।

परापूर्वकालमा चित्रभानु नाम गरेका एक शिकारी थिए । उनले शिकार गर्न जाँदा सधै जनावरको हत्यागरी आफ्नो पारिवारिक जीविका चलाउने गर्थे । एक जना साहुको ऋणी भएको र साहुको ऋण चुक्ता गर्न नसक्दा क्रोध भएर त्यो साहुले शिवको मठ भित्र लगेर कैद गरी थुनेर राख्यो । त्यो दिन संयोग वश शिवरात्रिको दिन परेको थियो । बिहानदेखि मन्दिरमा थुनिन पुगेको त्यो कैदी शिकारीले त्यहाँ आउनेजाने भक्तजनहरूबाट भएको भजन कृतन लगायत शिव उत्सव गर्दै ज्ञानी महत्माबाट भनिएको कथा सुन्दै घन्टी, शंखको धुनमा ऊ त्यही आनन्द भएर मग्न हुदै आरती भजन गर्दै रमाउन थाल्यो । त्यो बेला ऊ यति मस्त भयो कि आफूलाई साहुले कैदी बनाएर थुनिराखेको सबै बिर्सियो । जब त्यहा चतुर्दर्शी शिवरात्रि महात्मा ज्ञानी मन्दिरका पुजारीबाट कथा भन्दैजाँदा एकचित्तले सुनेर ऊ पनि अति आनन्ददायी र खुशी भयो । यस्तै आउने-जाने पुजापाठ गर्दै घन्टीको धुन र आरती गर्ने रमझममा दिन बित्दै गयो । जब साझ पर्यो साहुले त्यो ऋण तिर्न सधै आलटाल गर्ने शिकारीलाई बन्धनबाट मुक्त गर्दै रिस शान्त भएपछि बोलाएर ऋण कै विषयमा कुरा निकाल्दै सोध्यो, “लौ भन अब कहिलेसम्म तिमीले ऋण चुक्ता गर्छौ त ?”

शिकारीले पनि त्यहाँबाट मुक्त हुन फ्याट्टै बोल्यो, “भोलि म सबै ऋण चुक्ता गरिदिनेछु ।”

शिकारीको यस्तो कुरा सुनेर साहुले कवुल गरायो, “हेर है भोलि त मलाई सबै मसँग लगेको ऋण वापस गर्नु पर्छ नि ? फेरि गर्न सकेनौ भने ठिक हुने छैन ।”

यस्तो वाचा गराई उसलाई त्यहाबाट साहुले मुक्त गरी दियो ।

घाम डुब्न लागेको साँझ पख आफ्नो दिनचर्या गर्न फेरि ऊ हातमातिर लिएर शिकार गर्न जंगलतिर लाग्यो । दिनभरि उसलाई साहुले थुनेर राखेकोले केही पनि खान नपाउदा भोक र तिर्खाले हुरुक्क र ब्याकुल भयो । चाहर्दा-चाहर्दै ऊ धनघोर जंगलभित्र पस्यो । झमक्क साँझ पनि पर्यो । अन्धकारमा बाटोसम्म ठम्याउनै कठिन हुँदा उसले विचार गर्यो, “अब फर्केर घरतिर जान उपाय छैन । गएर पनि के गर्नु ? बालक छोराछोरी तथा श्रीमतीले केही शिकार गरेर लगे त खान पाउने हुन् । उनीहरू पनि भोक्कै होलान!”

चिन्तित शिकारीले तल रुखको फेदमा बस्ता, बाघ, भालु, चितुवा आएर आफैलाई मार्ने हो कि भन्ने त्रासले एउटा रुख माथि रात काट्ने विचार गर्यो । केही पर एउटा कुवाको नजिक वेलको वृक्ष रहेछ । त्यही वृक्षकोमुनि शिवलिंग रहेछन जो वेलपत्रले पुरिएका रहेछन । त्यो कुरा शिकारीले थाहा नपाई वेलको रुखमाथि चढ्यो । शिकारीले माथि चढ्दै जाँदा आफ्नो हातले समाएको स-साना हाँगाहरूले कोरिने भएकोले भाचेर तल फाल्दा त्यही शिवलिंग माथि पर्यो । हाँगा पक्डेर चड्न लाग्दा हाँगा हल्लिएर वेल टुटेर हाँगा बीच ठोकिदै गुडकिएर त्यही शिवलिंग माथिगएर खस्यो ।

यस्तो प्रकारले शिकारी रातभरि भोक्कै, प्यासै हुनाले त्यो दिन उसको व्रत हुन गयो र शिवलिंग माथि पनि शिकारको प्रतिक्षामा हातले वेलपत्र तोड्दै मुन्तिर झार्दा शिवलिंगमाथि पर्थ्यो ।

यसरी रातले एक पहर बित्दा त्यहाँ नजिक रहेको कुँवामा एउटी गर्भवती हरिणी पानी पिउन भनेर आई । शिकारीले झट्ट त्यो हरिणीलाई देखेर आफ्नो साथ भएको धनुषतिर लगाएर उसलाई मार्न भनी तयार भयो। त्यसरी आफूलाई मार्न भनितिर उठाएको हरिणीले थाहा पाई र शिकारीतिर हेर्दै विन्ती गर्न लागी, “हेर शिकारी, म अहिले गर्भवती छु । केही दिनमै मेरो कोखबाट सन्तानले जन्म लिन्छ । यदि तिमीले अहिले मलाई मार्यौ भने तिमीलाई हामी दुईको हत्या लाग्छ जो तिम्रै लागि पनि ठिक छैन । त्यसैले मेरो यो पेटमा भएको वच्चालाई दुई चार दिनमै जन्म दिएपछि म तिम्रो सामु चाडै गरेर उपस्थित हुनेछु । अहिले मलाई नमार बिन्ती छ, छाडी देऊ ।”

यस्तो प्रकारले भनेको बचन सुन्दै गर्दा शिकारीलेतिर चलाउन ढिलो गर्यो । हिरणी रफ्तार भएर जंगलको झाडीमा लुक्न सफल भई ।

त्यस्तो प्रकारले तीर चलाउन ढिलो भएको बेला उसको धनुषबाट हाँगा हल्लिन पुग्दा वेल र पत्र झरेर एक्कासि शिवलिंगमा पर्यो । उसको अन्जन बाटै भए पनि त्यो रात शिरात्रिको व्रत सफल हुदै गएको थियो। रात पनि बिस्तारै छिपिदै जादै थियो । शिकारीको मन वेचैन भएको थियो । केही समयपछि फेरि त्यही बाटो गर्दै आइरहेकी एउटा हरिणीलाई देख्यो । चिन्तामा ब्याकुल भएको शिकारीको मन प्रशन्नले गदगद भयो । त्यसरी आफ्नै नजिक आउदै गरेकी त्यो हरिणीतिर आफ्नो धनुष तानेर तीर चलाउन लागेको देखेर झट्ट शिकारीतिर हेर्दै विन्ती गर्न लागी, “हेर शिकारी, म हिजो मात्र सुत्केरो भएर निस्केकी हुँ । मलाई गर्भवती पारेर मेरो प्रेमी फर्केर आएनन र बच्चालाई गुफामै एक्लो राखी यताउता भड्किदै उनैलाई खोज्दै हिँडेकी हुँ । म उनीलाई भेटेर यो नासो जिम्मा लगाई म तिमी नेर आउने वाचा गर्छु ।”

यस्तो नम्र वाणीले टुलुटुलु शिकारीको अनुहारतिर हेर्दै आँखाबाट आँशु झार्दै विन्ती गरेकी हरिणीलाई मार्न भनी उठाएको धनुष तल राख्यो । त्यो हरिणी पनि त्यहाँबाट आफ्नो ज्यान जोगाउन सफल भई । ऊ शिकार गर्न आएको र आफ्नो शिकारलाई हातबाट जान दिनुको कारणले उसको टाउको फुट्ला झैँ भयो । घर परिवारमा सबै भोक्कै होलान भन्ने चिन्ताले ब्याकुल हुन थाल्यो ।

त्यस्तै प्रकारले अन्जन मै भए पनि रातको दुई प्रहर बित्दै गयो । उसको व्रत पनि सफल हुदै जाँदैथ्यो । जति जति ऊ छट्पट गरेर हाँगालाई यता उता पकडथ्यो वेल र पत्र झरेर शिवलिंगमा पर्दथ्यो । शिकारी कहिले विहान होला भनेर छट्पट गर्दै यताउता आँखा नचाउदै हाँगामा सर्द्थ्यो ठिक त्यसै बेला स-साना बच्चाहरूसहित पानी पिलाउदै कुँवामा आफ्नो सामु उभिएकी हरिणीलाई देख्यो । त्यो बेला शिकारीको खुशीको सीमा नै रहेन । शिकारीले एक्कै पल्ट आफूले राम्रो शिकार गर्न पाउने स्वर्ण अवशर गुमाउन चाहेन र झट्ट आफ्नो हातको धनुष उठाएरतिर निशाना लगाउन तयार भयो । हरिणीले खस्यक खुसुक्क रुखबाट आवाज आएको देखेर शिकारीतिर हेर्दै कल्पिदै बिन्ती गर्न थाली, “हे शिकारी, तिमीले यी मेरा बालक सन्तानलाई नमार । बरु मलाई तिमीले मार्नु । म यी बच्चाहरूलाई उनका बाबुनिर पुर्याएर फर्किने छु । अनि मेरो हत्या गरौला । म तिमीलाई वाचा गर्छु ।”

आँखाबाट बलिन्द्रधारा आँशु झार्दै बच्चालाई आफूले छेक्दै कल्पिदै मिठो बोलीले बिन्ती गरेको सुनेर भोक प्यासले ब्याकुल शिकारीले हास्दै भन्यो, “ओहो ! मेरो अगाडि आएको शिकारलाई मैले के छाडी दिनु ? म तिमीहरूको यस्तो भावुक बोलीमा अब लटपटिने छैन । के मलाई सबैले मुर्ख नै ठानेका छौ कि क्याहो ? योभन्दा पहिला पनि यस्तै गुनाँसो गरेर दुई जना मेरो हातको शिकारबाट फुत्किसके । मेरा पनि श्रीमती बच्चाहरू घरमा भोक्कै छन र आफू पनि दिनभरि भोक र प्यासले ब्याकुल छु । मेरा सन्तानले दुई दिनदेखि खान पाएका छैन ।”

शिकारीको कठोर बोली सुनेर हरिणीले फेरि भनी, “हेर शिकारी, जसरी तिमीलाई आफ्नो श्रीमती बच्चाहरूप्रतिको मायाँ, स्नेह, ममता छ र उनीहरूको आत्मा तृप्त गराउन हाम्रो प्राण लिने गर्छौ र उनीहरूको आत भराउछौ, हो त्यस्तै गरी हामीलाई पनि आफ्नो सन्तानको माया, ममता, स्नेह त्यति नै लाग्छ । त्यसैले हे शिकारी दया गरेर अहिले म र मेरो सन्तानलाई नमार । म यिनीहरूलाई उसमा बाबुनिर जिम्मा लगाई चाडै तिमीनजिक उपस्थित हुने प्रतिज्ञा गर्छु ।”

हरिणीले सन्तानलाई छेक्दै आँशु झार्दै बोली समेत भासिएको र कल्पी कल्पी भनेको सुनेर शिकारीलाई आत्मादेखि नै दया पलायो । उसको तीर तल झार्न लाग्दा हरिणहरू सबै झाडीभित्र पसे ।

यस्ता प्रकारले झिसमिस मै साहुले कैद गर्नाले र आफ्नो सन्तानको पेट भराउन साँझ पख भएपनि केही शिकार हुन्छ कि भनेर शिकार गर्न आएको आफू स्वयम पनि दिनभरि र रात समेत भोक र प्यासले बिताउन बाध्य भएको अनजानमै भए पनि विरक्त मन गरी आफू बसेको हाँगाको पत्र टिप्दै तल झार्दै गर्न थाल्यो । उसले त्यसरी टिप्दै तल झार्दै गरेको वेल पत्र शिवलिंग माथिपर्दै गयो ।
छट्पट भई मन स्थिरसम्म हुन् नसक्दा त्यसरी वेल पत्र झार्दै गर्ने क्रममा केही क्षणमा नै एउटा हिष्ट पुष्ट हरिण त्यही बाटो गरी यताउता आँखा विचार्दै उसैको नजिक आइपुग्यो । त्यसरी एकदमै जवान चिल्लो हरिणलाई एकाएक आफ्नो नजिकै देखेर शिकारी प्रफुल्ल भयो र एक रति पनि विलम्व नगरी अब मैले अवश्य नै शिकार गर्नेपर्छ भनेर धनुषलाई तानीतिर हान्न तयार भएको शिकारीलाई देखेर हरिणले विन्ती चढाउन थाल्यो, “हे शिकारी, यदि तिमीले मभन्दा अगाडि हरिणी स-साना बच्चाहरू सहित यता आउँदा शिकार गरी उनीहरू सबैको प्राण लिएको हो भने मेरो पनि प्राण लिई मुक्ति दिन ढिलो नगर। किनकि मेरो बच्चाहरू र आफूलाई प्राण जतिकै मायाँ गर्ने श्रीमतीको विछोडको वियोग सहेर पीडाले बाच्न सक्दिन । यस्तो दुख र संकटको यातना सहेर बाँच्नुभन्दा म तिम्रो हातको शिकारमा मृत्यु नै मन पराउछु । त्यसैले विलम्ब नगरी उनीहरूको हत्या गरेकाछौ भने मलाई पनि मुक्ति देऊ । हैन भने दया गरेर मलाई एकपल्ट आफ्नो बच्चाहरू र श्रीमतीको अन्तिम चोटी मुख हेर्न पाउने मेरो जीवन दान केही क्षणको लागि दिने कृपा गर । म उनीहरूलाई भेटेर एक झल्को अन्तिम पटक हेरी अवश्यनै तिम्रो सामु उपस्थित हुनेछु। यो मेरो वाचा रह्यो अनि तिमीले मलाई शिकार गरौला र आफ्ना परिवारलाई तृप्त गर ।”

यस्ता तरहले हरिण र शिकारीको सम्वाद हुँदै जाँदा शिकारीले आफ्नो धनुषलाई तल गर्दै हरिणलाई जाने अवशर दियो । र उसले मन छट्पट गर्दै यता र उताको हाँगामा ठाउँ सर्दै गयो । जति जति ऊ हाँगामा यताउता मचियो उति नै वेल र पत्र खसेर शिवलिंगमा पर्दै गयो । उसले पनि के गरुन न कसो गरु भएको मनले वेलपत्र टिपेर तल झार्दै जाँदा शिवलिंगमा सबै पर्यो ।

यसरी अन्जानमै भए पनि भोक्कै, प्यासै, शिकारको खोजी र ऋणको विरक्तले आएको शिकारीले पनि केही खान पिउन नपाउदा र अन्जानमा वेलको वृक्षमाथि चढेर वेल र पत्र टिप्दै झार्दै शिवलिंग माथि नै परेकोले उसको व्रत पूर्ण हुनपुग्यो । त्यस्तो प्रकारले अन्जन मै भएको व्रत भए पनि उसको कठिन भोक र प्यास त्याग्न बाध्य भएको व्रतको प्रभाव चाडै फलको रुपमा प्राप्त हुन् गयो । ऊभित्र अरुको हत्या गर्ने भावनामा निर्मलता पलायो अनि आफूले पहिला हत्या गरेका हरिणहरू सम्झेर आफ्नो प्राण र जीवन झैँ उनीहरूको जीवन उस्तै रुपमा देख्न पुग्यो ।

ममता, करुणा, र उनीहरू प्रतिको दया पलाउनाले श्रीभगवद् भक्ति उसको हृदयमा वास हुनगयो । केही समयपछि नै मिर्मिर उज्यालोमा पालैपालो गर्दै अघि र पछि गरेर आफ्ना स-साना बच्चा सहित हरिण, हरिणी शिकारीको अगाडि आएर उपस्थित भए । ताकि आफ्नो वचन र प्रतिज्ञा पुरा गरी शिकारीको शिकार हुन् सकुन । यस्तो प्रकार आफूले दिएको वचन, प्रतिज्ञा पुरा गर्न जंगलभित्र रहेका पशुहरू प्रतिको इमान्दारी, उनीहरूको सत्यता, सामुहिक परिवारभित्रको प्रेम, स्नेह, देखेर शिकारीलाई आत्माग्लानि भयो । उसको मन भावुक भएर मौन वत्ति झैँ पग्लिन पुग्यो । शिकारीको अनुहारतिर हेरिरहेका सबै हरिणहरूलाई आफूले अबदेखि हत्या कहिल्यै नगर्ने प्रतिज्ञा गर्दै उनीहरू सबैलाई जीवन दान दिँदै सबैलाई फर्केर गई आफ्नो परिवारसँग खुशी भएर रहन भन्यो । हरिण, हरिणी पनि आफ्नो बच्चा लिई खुशी हुँदै दौडिदै रमाउदै खेल्न थाले । यस्तै रमाएको क्षण भावुक भएर रुखमाथिबाट हेर्दै उत्रिन थाल्दा उसको हात हाँगाबाट फुत्किँदा ऊ माथिबाट हाँगामा ठोकिदै शिवलिंग भएको ठाउँतिरै टाउको फर्केर आँखामा आँशु तर्तर बगाउदै प्राण छाड्न पुग्यो ।

त्यस्तो किसिमले अनजान मै रही उसले गरेको व्रत सफल भएको प्रभावले प्राण छाडेको बेला यमदुतले शिकारीलाई उसको कर्मको फल पापको सजाय दिन नर्कमा लैजान आउँदा शिवलिंगतिर ट्वाल हेरेर प्राण छाडेको शिकारीलाई शिवका गणहरूले चारैतिरबाट घेरेर यमदुतलाई फिर्ता जाने आज्ञा दिए र शिकारीलाई शिवलोक लिएर गए ।

यसरी अन्जानरुपी व्रतको प्रभावले शिवको कृपाबाट शिकारी भएको पूर्वजन्मको याद आउँछ चित्रभानु राजालाई । र उनले आफ्नो पूर्वजन्ममा शिवको करुणाबाट आफूले पाएको निर्मल मन र मुक्तिलाई याद गरी जन्मजन्म महाशिवरात्रि पुजाको पालना गर्छन । यसरी जानेर पूजा नगर्दा पनि अन्जानरूपी व्रतबाट उद्दार, र आनन्द दिने खालका मन भित्र करुणाको स्रद्धाब हुन् जाँदा पनि शिवको अनुकम्पा पाइने रहेछ भन्ने यो कथाको मुख्य भाव रहेको छ ।

निशा खनाल अर्याल
राजविराज सप्तरीहाल इजरायल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *