Skip to content

कविता

दुई कविता

  • by

कविताको स्वादमा
म चपाइदिन्छु
सब गद्यहरू
म निल्छु
कविताको स्वादमा
कटुवाणीहरू, झुठहरू
र, खरा गद्यहरू
कविताको स्वादमा
धेरै दुष्ट-गद्यहरू
निल्न सजिलो हुन्छ ।

सूर्यास्तअघि

  • by

जीवन त साह्रै सुन्दर रहेछ ।
सिङ्गै उमेर
तँछाडमछाडमै बित्यो
खेदो खनेर अर्कालाई
गाली गरेर अर्कालाई
काटेर रुखहरू
नासेर मूलहरू
अहंको कालोले
धमिल्याएर प्रेमको निर्मल पोखरी
सिङ्गै जीवन त
रिस, राग र ईष्र्यामै बित्यो ।

किन हुन्छ भेटघाट गोरेटोमा कसैसँग

  • by

किन हुन्छ भेटघाट गोरेटोमा कसैसँग
हिंड्दाहिंड्दै माया किन बस्छ
किन आउछ दोबाटो छुटाउन साथ फेरी
सारा खुशी आँशु सँगै खस्छ ।

हामी आविष्कारक हौँ अन्धकार युगको

  • by

‘फटाहाका गलामा माला सुहाउँदैन’
‘दुर्जनलाई सम्मान कहिल्यै गर्नुहुँदैन’
‘श्रोता बन्नु सधैँ असल गुरुको’
‘खराबहरूको संगत गर्नुहुँदैन’
पुर्खाले सिकाएका यी सत्वाणीहरू

बत्तिमुनिको अँध्यारो

मेरो भोगाईसँग
सर्वथा अपरिचित
यो तिम्रो अनभिज्ञता
स्वाभाविक हो या
तिम्रो कुनै अभिनय
हेराई मात्रले
जहाँ अरुलाई दुख्छ
तटस्थ बनेर
घाउमा ओखति हैन
बरु नूनचूक छरेका छौ
सुकेको हाँगोमा झैं केही नउम्रने
तिम्रा सम्वेदनाहरु !

जून तारा छुन

  • by

सानो-सानो फिलिङ्गोले धर्ती सारा पोल्छ
भविष्यका वक्ता आज तोते बोली बोल्छ
सानो भनी नहेप है ! साना छौँ त के भो ?
देश हाँक्ने भविष्यका कर्णधारले हो ।