जीवन त साह्रै सुन्दर रहेछ ।
सिङ्गै उमेर
तँछाडमछाडमै बित्यो
खेदो खनेर अर्कालाई
गाली गरेर अर्कालाई
काटेर रुखहरू
नासेर मूलहरू
अहंको कालोले
धमिल्याएर प्रेमको निर्मल पोखरी
सिङ्गै जीवन त
रिस, राग र ईष्र्यामै बित्यो ।
मेरो भोगाईसँग
सर्वथा अपरिचित
यो तिम्रो अनभिज्ञता
स्वाभाविक हो या
तिम्रो कुनै अभिनय
हेराई मात्रले
जहाँ अरुलाई दुख्छ
तटस्थ बनेर
घाउमा ओखति हैन
बरु नूनचूक छरेका छौ
सुकेको हाँगोमा झैं केही नउम्रने
तिम्रा सम्वेदनाहरु !