Skip to content

कविता

आउँ एकै छिन प्रेम बीमाको कुरा गरौं

  • by

धेरै भयो प्रिय
फूलको बखान हामीले सुन्ने गरेको
अब त काँढाको पनि कुरा गरौं
कति जीवनमा योजना र सपनाको मात्र कुरा गर्ने?
धेरै जोखिम भैसक्यो प्रेम
आउँ एकै छिन प्रेम बीमाको कुरा गरौं।

सिउँडीको जंगल

  • by

आकाशको नीलो चँदुवामा टाँगिएका
एक मुट्ठी निस्तेज ताराहरूसँग
म के बात मारुँ ?
चीसो शीतमा निथ्रुक्क भिजेको
अधमरो बताससँग
म कसरी अभिसार गरुँ ?

युध्द सधैं दुख्छ

नपुगेर मात्र पनि हैन
नपाएर मात्र पनि हैन
माटोको सानो टुक्रा
जसलाई तिमी देश भन्छौ
बढाउन या रंगाउन
आँखामा पट्टि बाँधी
गोली हानिरहेछौ
रक्तिम धरतीमा सारिरहेछौ
माटोका सिमानाहरु ।

साँढेको सोमत कहिल्यै आउँदैन

उहिले उहिले टुँडिखेलमा
त्रिशूलले डामेका साँढेहरु डुक्रिन्थे
यमानको जुरो हल्लाउँदै
नाकको पोरा फुलाउँदै
पाटीबास परेको वीरबहादुरको बास अगाडी
निरिह आईते माथी फुँकार छोड्थे

संविधान लेखिदिनू है !

  • by

कहिल्यै, कहिल्यै पनि
अभावबिनाको जीवन नदेखेका
मेरा पुर्खाहरू जिजुबाजे र बराजुहरू
जो सधँै
तिम्रै हलो जोत्दाजोत्दै
रगत छादेर मरे वा गानो दुखेर मरे
त्यसैले पनि गुनको बदला गुन
मुखिया हाम्रा छोरानातिले
सुख पाउने संविधान लेखिदिनू है !

प्रेमले बाँचौँ

  • by

गगनचुम्बी टाकुराबाट गंगाजल छरछर
राष्ट्रिय झण्डा चन्द्र र सूर्य शिखरमा फरफर ।
पर्वत राजा पगरी गुथी विश्वमा राज गर्छन्
नेपाल राज्य चम्किला हिमाल झलक्क झल्किन्छन् ।

प्रीति रोपूँ म पल्पल

  • by

न जानी पाइला चाले चल्न सक्तैन जीवनी
दुःखको गहिरो गर्त भित्र यो घुम्छ फन्फनी ।
तातो तनावले पोल्छ पानीभित्र पसे पनि
छट्पटीले सधैँ घोच्छ फूलमाथि बसे पनि ।

भन वृन्दा त्यसपछि के भयो !

  • by

भन वृन्दा त्यसपछि के भयो ?
पहेँलपुर तोरीबारीमा हावा बयेली खेलिराखेका छन् कि छैनन्
तिमीलाई मैले पठाउने चिठीका अक्षरजस्ता चराहरू
..माथि आकाशमा लामबद्ध उड्छन् कि उड्दैनन्
बाले रुन छाडे कि छाडेनन्
भन वृन्दा त्यसपछि के भयो ?

मलाई मेरो नेपाल चाहिन्छ

  • by

अनेकतामा एकताको फूलबारी
गोडमेल गर्दै हुर्काउने ती मालीहरू
विषे नगर्चीहरू र भक्ति थापाहरू
बगैंचाको संरक्षणमा जुट्ने मेरा पूर्वजहरू
सबैलाई सम्झेर
यो पराई भूमिबाट माग्दैछु भीख
मलाई मेरो शान्त र विशाल देश चाहिन्छ
मलाई मेरो प्यारो नेपाल चाहिन्छ ।