Skip to content

गद्य कविता

घाम नडुब्दै भेट्नु सखी

घाम नडुब्दै भेट्नु सखी !
अन्धकारको के भरोसा
जहाँ छाँया समेत मेटिन्छ
त्यहाँ मायाको कति ग्यारेन्टी होला ?
घामको बैजनी किरण
तिम्रो मुहारमा पोतिँदाको आभा
दुई आँखाभरि-भरि नियालेर
म त्यही आकृति मनको क्यानभासमा कोर्न सकुँ

NirveekRai-02

विम्वहरूमा साहित्यकारहरू

  • by

(साहित्यकारका परिभाषाहरू)

साहित्यकार – दर्दलाई सिपालु पाराले कलमको चुच्चोबाट छाद्दै सन्चो हुने मदौरो ।

साहित्यकार – आफ्नो ज्यान छेलिँदा वा बिलाउँदा पनि नाम कागजमा प्रदर्शन गर्नु लालायित महत्वाकाङ्क्षी ।

साहित्यकार – पैसा चलाउन नपाउँदाको दुःख चर्चा फैलाई दुःख घटाउन चाहने अस्तित्ववादी ।