Skip to content

गद्य कविता

देश दुखेको बेला

भ्रष्टाचार अभियोगको हत्कडी
नेताहरूको हात समाउँदै
कारागारसम्म पुऱ्याइराख्छन्
अनि प…र पुगेर खुइय्य गर्छ
देश दुखेको बेला ।

निर्निमेष हेरिरहेका
स्वयम्भूका दुई आँखाहरू
रगतका आँसु थाम्न नसकी
लोडशेडिङ्‌को अँध्यारो रातमा
चुपचाप चुपचाप रोइबस्छ

उन्माद

चैत जाँदो बैशाख लाग्दो
यो सिंदुरे बिहानी
सिसौ र सालका पल्लवित
पातहरूमा
नयाँ वर्षको
उन्माद पोख्छ ।
लालुपातेको बोट र
लालुपाते ओठहरूमा
उन्माद पोख्छ ।

प्रणय दिवश

आज हाम्रो बाह्रौं प्रणय दिवश
रहरहरू काखभरि खेलाएर मनाउँदा
स्मृतिका पानाहरू पल्टाउँदा
दशौं प्रणय दिवश आपसमा न्यानो
अँगालो ओडेर मनायौ
र बाँकी दुइटा प्रणय दिवश
चखेवा मनाउदै छौ,

सम्बोधन:प्यारा दुखहरू

ए ! मेरा प्यारा दुख:हरू,
म उन्मुक्ति रुचाउन थालेको छु अचेल ।
काल भैरवहरूसँगको सम्बन्धमा ह्रास आउँदैछ ।
द्रव्य पिचासहरूलाई झलुङ्गोमा झुलाएर सुताइदिएँ ।

प्रमिथस

प्रकोपको भुमरीमा रुमलिएको मेरो जीवन ब्यथित ग्रन्थ,
जब हूरीको प्रचण्ड वहावसँगै खुल्न पुग्दछ
तब आँसु र रगतले लिपिएका ती एकएक पन्नाहरूसँगै
स्वयंम मेरो पाषाणरुपेण कोमल मुटुमा काँडा बिझ्दछ ।
अनि सँधैजसो,
फेरि दुईचार आँसुका ढिक्काहरूले मुल्य चुकाउन खोज्दछन्
तर, अनौठो यो परिवेशमा आँसुको कुनै औचित्य छैन ।

सिध्याइदिन्छु

नवीन पालुवाहरू
निमोठिदिए हुन्छ ।
समुद्री छालहरू
निर्बल/अचल बनाइदिए हुन्छ ।
यो संसार स्वार्थी बन्दैछ –
सिध्याइदिन्छु म संसारलाई !
लाभा बनेर फुट्छु
असिना बनेर बज्रन्छु
बतास बनेर निस्कृय पार्छु
बिनासको बाढी ओकेल्छु ।
मानवताको जरै उखेलिदिन्छु ।
सिध्याइदिन्छु म संसारलाई !
सिध्याइदिन्छु !

नयाँ वर्ष

  • by

ए तँ त नयाँ वर्ष तँ फेरि आइस्
न त गरिबको पेट भराइस्, न त महँगी घटाइस्
खालि डर, त्रास र भय मात्र ल्याइस्
ल भन् त नयाँ वर्ष तँ फेरि किन आइस् ?

समय, उनी र हाम्रो यात्रा

टह टह जूनको राजमा
अनगिन्ती ताराहरूको माझमा
रात फक्रेको छ ।
किरीकिरी किरीकिरी
एकोहोरो किराहरूले कराई रहँदा
पूर्णिमाको बेवास्ता गर्दै
गैरी खोलामा स्यालहरू कराउदैछन् ।

म केको उत्सव मनाऊँ आमा ?

नितिका ब्यापारीहरू बिकेको बेला
बिधीको ठेक्का-पट्टा उल्टेको बेला
एक मुठ्ठी सासको तिरो तिर्न नसकेर
सति हुँदै गरेको मेरो अस्मिता
बिभाजित प्रस्ताबका चाङमाथि
शान्ति बँधुवा बसेको बेला
पारित नभएका पोहोरको शुभपादेशहरू
बेवरिस लथालिङ्ग परेको बेला
मेरो एक साल कट्टी भएको बेला
म केको उत्सव मनाऊँ आमा ?

योद्धाका नयाँ बर्षहरू !

समय त्यही हुरी न हो
आउँछ जान्छ,
बिना योजना
बिना तर्जुमा
बिना तथ्याङ्क
बिना नाप नक्शा
पाइलाहरू
नयाँ बर्षको संघारमा
उन्मुक्त छन

पराक्रमी बनेर आउनु २०६८ साल

  • by

नयाँ पालुवा रुपी
शैशवकाल लिएर आयौ
नयाँ बर्ष,
धन्य छ तिम्रो आगमन
बिगतमा झैँ तिमी
रगतको अक्षर बनेर नलेखिनु
हर नेपालीको मनभित्रको
आक्रोश र हिँशा बनेर
तिमी नमात्तिनु ।

रङ्गिन सपनाहरू

  • by

जीवनका रङ्गिन सपनाहरू
जङ्गलका कन्दमुल खाएर होस्
वा रमाइला क्षेणहरू लुटेर होस्
भावुकताको पोखरीमा
स्वतन्त्र रुपमा
अरुको मन नदुखाई
भूगोलको कुनै पनि कुनामा