Skip to content

गद्य कविता

मृत दूनको एक भरिया

  • by

भोकले बिझाएको शिथिल हाड-छाला
विपूल बोझले लड्खडाएर
एक आपसमा स्वतन्त्र बन्ने प्रयासमा
परितप्त रक्त-पसिनाले गिल्गिलिएको छ ।

वर्षाते जलधारामा नाँचेको
पहाडी टुप्पाका देहाती झुप्राहरू,
शोषण र चुसाइले चाउरिएर नाङ्गिएका
आफ्नै स्वामित्वमा नभएका मधेसी तृणकुटीहरू
यी भन्दा पनि जीर्ण भग्नावशेष
तण्डुल र चुनाको किम्मती गासलाई
पुरै दिनको बेचबिखनको मुल्यले
एक नशालु प्यालाको रगिंन दुनियाँले मेटेको छ ।

मनहरूलाई

  • by

सुनसान रातमा
गाउँको चौतारीको
रहर लाग्दि, झ्याङ्गिएर बेरिएको
शीतलताले
च्यातिएको मनहरूलाई
शीतलता नदिंदोरहेछ
बादलका पछ्यौरीभित्र
कोमल हाँसो
पवित्र स्नेह सम्झन्छु
गाउँघर पाखा पखेरा

कठै! मेरो मन

  • by

तुलसा तिमीले एकदिन भन्यौ
मन त हावा हो, सर
मनको भर पर्नुहुँदैन
यो त के के माग्छ- के के
यसले मागेजति दिने हो भने
… सबै सिमाना नाँघिन्छ

अब प्रत्येकका सपनाले तर्साउने छन् ।

अब प्रत्येक ब्यक्तिका सपनाले तर्साउने छन् ।
हरेक मध्यरातिमा ऐठन पर्ने छ ।
अनिदोले सताउनेछ,
तर
निद्रा पर्नेछैन ।

20110221_PremOli_Adelaide

एडलाइड घुम्दा

  • by


ठुला ठुला सडकमा
मान्छे खाली पाएँ
नेपालको बयान गर्दा
मिठो ताली खाएँ
नेपाललाई माया गर्ने यहाँ
धेरै मान्छे पाएँ
सभ्यताको हिमचुली
धेरै माथि पाएँ ।

म भित्रका खुशीहरु

म भित्रका खुशीहरू, ….
एउटा प्रकृति
एउटा सहिष्णुता
एउटा वात्सल्यता
अनि एउटा जीवन दर्शन।

मेरा प्रक्रितीका भिताहरू, कठै !
मालिङ्गो घारी, तोरी बारी,
रानीबन भित्रका ,
जीवन बिताउने चौतारी
कहीले लेकाली यौवन,
कहीले बेशीमा बयली खेल्दै
बिछट्ट छ जीवन ..

रत्नपार्कको खुट्टाविहिन माग्ने

  • by

लाखौं मान्छेका चालहरू
मुहार र उसका भावहरू
सायद पढ्नैका लागि बनेको जीवन
रत्नपार्क नजिकैको एक जीर्ण पुस्तकालय ।

अनुभवहरूको खडेरीमा
निष्प्राण बनेका नवजीवहरूको
आँखा र हृदय पढ्दै र भोग्दै
उ अनुभवहरूको मृतसागरमा
डुब्नै लागेको डुङ्गाको नाविक झैं
तैरने घनिघसाइमा ओझेल पर्दैछ ।

फेरि याद आयो

  • by

आज फेरि मलाई याद आयो ती दिनहरू
हाँस्दै, खेल्दै, दौडेका सुमधुर मिठा पलहरू
त्यो वर-पीपलको रुख मुनि बिताएका क्षणहरू
कहिले नाँच्दै कहिले गुनगुनाउदै घुमेका साझँहरू

कति रमाएका थियौं जब हामी सँगै हुन्थ्यौं
घरि भाडाँकुटी खेल्थ्यौं घरि झगडा गरी जुध्थ्यौं
कहिलेकाहीं त धेरै दिन नबोली हिंड्थ्यौं
अनि फेरि एक आपसमा माफी मागी मिल्थ्यौं

भो आमा !

  • by

धमिरा बनेर आफ्नै सन्तानहरूले
खोइरो खन्न थालेपछि
खोक्रो रित्तो कमजोर काया लिएर
जीर्ण खम्बाहरूको आडमा भाँचिएका डाँडाभाटा गन्दै