कसैको आसनमा घुसारिएन औलो
कसैको हत्केला मुसारिएन चिल्लो
न त कसैको पाउ मोलियो
न त बोलीमा चिनी घोलियो
असत्यलाई ज्युहजुर भन्दै
व्यभिचारसित मन्जुर हुँदै
अनैतिकताका मोडिएन बाटा
सामन्तीसँग जोडिएन नाता
कसैको आसनमा घुसारिएन औलो
कसैको हत्केला मुसारिएन चिल्लो
न त कसैको पाउ मोलियो
न त बोलीमा चिनी घोलियो
असत्यलाई ज्युहजुर भन्दै
व्यभिचारसित मन्जुर हुँदै
अनैतिकताका मोडिएन बाटा
थरिथरिका प्रजातन्त्र आए
जात जातका नेता नेतृ आए
कोही के भन्दा भए, कोही के
कोही जय मधेश भन्दा भए
कोही जय नेपाल रट्दा भए
कोही लाल सलाम पुकार्दा भए
कोही पशुपतिनाथलै हामी सबैको
कल्याण गरुन् भन्दै
पुर्पुरोमा हात लगाउँदा भए
सबैका लागि सबथोक फलिफाब
तर जनताको लागि अभिशाप नै अभिशाप ।
शरदका ती लामा रातहरू
चिसो सिरेठो र शीतको स्पर्श
अनुभूति र अनुभवहरूको बेहोसीपन
फगत बाध्यता र निरन्तरता
केबल एक जिउँदो मृत्युको
प्रकृतिको धारिलो चुलेसीबाट ।
एउटा हस्ती अनि
राजनीतिक धरोहरको
समापन …….
आखिर पेवा न हो मृत्यु
कहाँ रोक्न र छेक्न
सक्थ्यो र? सम्बेदना र
मायाका पर्खालहरूले
त्यसैले उ निभेछ
राजनीतिक आकाशबाट
तर निभ्ने छैनन्
उस्का समर्पण र उदेश्यहरू ।
ऊ सीमाङ्कन खोज्ने घनचक्करमा कहिल्यै भौंतारिएन
न त आफ्नो पहिचान खोज्ने अगम्यतामा नै
उसले देश पढेन मैले जस्तै
र देशपुत्रको अहम्ताको घण्टा कहिल्यै बजाएन,
त्यो बढी खरानी घस्ने नयाँ नेताले झैं ।
मैले देश सोधेँको थिएँ
उसले कुन्नी धराबासी भन्दै थियो ।